चितवन सेरोफेरो

नारायणी नदीमा आजदेखि पानी जहाज चल्ने
-न्युजभित्तो

चितवन,१ माघ । सञ्चालनको तयारीमा रहे पनि विभिन्न कारणले चल्न नसकेको क्रुज सीप (पानीजहाज) आजदेखि नारायणी नदीमा चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले एक विज्ञप्ति जारी गर्दै माघ १ गतेदेखि क्रुज सीप सञ्चालनमा आउन लागेको जानकारी दिएको...

आज देवघाटमा माघे संक्रान्ति मेला
-न्युजभित्तो

चितवन,१ माघ । पवित्र धार्मिकस्थल देवघाटमा आज माघे संक्रान्ति मेला लागेको छ । मेला भर्न हजारौँ भक्तजन बिहानै देवघाट पुगेका छन् । त्रिशुली र कालिगण्डकीको संगमस्थल बेणीमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेलामा सहभागी हुन भारतलगायत विभिन्न...

नारायणघाट-बुटवल सडकमा कालोपत्रेको काम सुरु
-न्युजभित्तो

कावासोती, ३० पुस । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार एक सय २० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिनुभयो । आयोजना...

नारायणगढ– मुग्लिन सडकखण्डमा भोली र पर्सी सवारी नरोकिने
-न्युजभित्तो

चितवन,२९ पुस । भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति...

सौराहाका व्यावसायीको समस्या क्रमश समाधान गर्छुः गृहमन्त्री लामिछाने
-न्युजभित्तो

चितवन,२९ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सौराहाका होटल तथा पर्यटन व्यवसायीले भरतपुरमा रात्रिकालीन हवाई सेवा सञ्चालन गर्न माग गरेका छन् । हिजो (बिहिबार) लामिछानेलाई स्वागत गर्दै व्यवसायीहरुले संयुक्त रुपमा चितवनबाट रात्रिकालीन हवाई सेवा सञ्चालनको व्यवस्था गर्न माग...

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आए रवि
-न्युजभित्तो

चितवन, २८ पुस । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । यसअघि प्रधानमन्त्रीले विश्वासको मत...

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउँदै रवि
-न्युजभित्तो

चितवन,२८ पुस  । उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आउँदै छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । यसअघि प्रधानमन्त्रीले विश्वासको मत...

हात्ती गोविन्देले एक वृद्धाको ज्यान लिएपछि मात नियन्त्रण गर्ने औषधि दिइयो
-न्युजभित्तो

चितवन, २८ पुस ।  चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग...

नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए
-न्युजभित्तो

मध्यबिन्दु,२७ पुस। यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिए । “गत वर्षको पक्षी...

चितवनका तरकारी किसानलाई उत्पादन खर्च पनि नउठ्ने हो कि भन्ने चिन्ता
-न्युजभित्तो

चितवन,२७ पुस।   चितवनको खैरहनी नगरपालिका–६ तुलसीपुरका पुरन महतोले यस वर्ष एक बिघामा काउली, एक बिघामा बन्दा, १० कठ्ठामा फर्सी, १० देखि १२ कठ्ठामा केराउ, फर्सी, मूला र भेन्टा लगाएका छन् । एक वर्षअघि मूल्य नपाएपछि बन्दा खेतीमा डोजर लगाएर...