सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोविन्दको आक्रमणमा परी निकुञ्ज घुम्न आएका ईजरायली पर्यटकको मृत्यु


  •    न्युजभित्तो/१२ फाल्गुन २०७९, शुक्रबार १७:२२ 
  • चितवन, १२ फागुन । चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा पर्यटकीय नगरी सौराहामा आज मध्यान्ह जंगली हात्तीको आक्रमणमा परी ईजरायली नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षिय समुएल बोईकानर रहेका छन् ।

    पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ हात्तीसार नजिक जंगली हात्ती गोबिन्देको आक्रणबाट उनको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । निकुञ्जमा ध्रुवे, गोविन्दे, नानापाठेघर जस्ना नामले चिनिने आक्रामक मत्ता हात्ती रहेका छन् ।

    ढुंग्रे खोला छेउमा हात्तीले आक्रमण गरेको हो । घटना १२ः२० बजेको हो । योसँगै चालू आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा जंगली जनावरको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । जस मध्य बाघको आक्रमणबाट १ जना, हात्तीको आक्रमणबाट २ जना र गैंडाको आक्रमणबाट ३ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

    (सांकेतिक तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.