चितवन सेरोफेरो

राष्ट्रिय निकुञ्जको वन्यजन्तुबाट पूर्वी नवलपरासीका स्थानीय मर्कामा
-न्युजभित्तो

चितवन, पुस २५ । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो निस्किने वन्यजन्तुका कारण पूर्वी नवलपरासीमा निकुञ्ज आसपासको बस्तीका स्थानीयले निकै सास्ती व्यहोर्नुपरेको छ । विशेष गरेर जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको दक्षिण क्षेत्रमा निकुञ्जबाट निस्किने...

चितवन महोत्सव आजदेखि सुरु हुँदै, अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्ने
-न्युजभित्तो

चितवन,२५ पुस । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा १४औँ चितवन महोत्सव आजदेखि नारायणनी नदी किनारमा सुरु हुँदै छ । महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनकले जनाएको छ । यस पटक महोत्सव उद्घाटनअभि शोभा यात्रा...

रत्ननगरका २५० विपन्न नागरिकले पाए स्वास्थ्य बिमाको परिचयपत्र
-न्युजभित्तो

चितवन,२४ पुस । रत्ननगर नगरपालिका वडा नं–३ को आयोजनामा विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत परिचयपत्र वितरण गरिएको छ । रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले २५० विपन्न नागरिकलाई परिचय वितरण गरेका हुन् । उनले निःशुल्क स्वास्थ्य बिमा फागुन १...

चितवनमा सवारी लाइसेन्स : यातायात कार्यालयविरुद्ध सद्गुरुले सर्वाेच्चमा हाल्यो रिट
-न्युजभित्तो

चितवन, २४ पुस ।  यातायात व्यवस्था कार्यालय चितवन विरुद्ध फेरि सर्वोच्च अदालतमा रिट परेको छ । चितवनमा नै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा लिनको लागि कार्यालयले महालक्ष्मी ट्रायल सेन्टर छनौट गरेपछि सद्गुरु ड्राइभिङ ट्रेनिङ सेन्टरले सर्वाेच्चमा रिट...

नारायणगढ–मुग्लिन सडक : पुस ३० र माघ १ दिउँसो खुल्ला गरिने
-न्युजभित्तो

चितवन,२४ पुस। हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख...

पश्चिम चितवन पत्रकार मञ्चमा सर्वसम्मत नयाँ नेतृत्व
-न्युजभित्तो

भरतपुर, २४ पुस । पश्चिम चितवन पत्रकार मञ्चमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएकाे छ । समितिकाे अध्यक्षमा अनिल भट्टराई सर्वसम्मत चयन हुनुभएकाे हाे । प्रथम अधिवेशनले २ वर्षे कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा...

रत्ननगरका जनप्रतिनिधिप्रति नागरिकका गुनासो, सहकारी नियमनदेखि फोहोर व्यवस्थापनका प्रश्न
-न्युजभित्तो

चितवन, पुस २३ । रत्ननगर नगरपालिकाका जनप्रतिनिधिलाई नागरिकले भोगेका विभिन्न समस्याबारे प्रश्न गरेका छन् । नगरपालिकाको शुक्रबार सम्पन्न प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा नागरिकले प्रश्न गरेका हुन् । कार्यक्रममा ३० बढी नगरवासीले आआफ्ना जिज्ञासा, सुझाव र प्रश्न राखेका थिए । कार्यक्रममा...

भरतपुरमा भएको सार्वजनिक सुनुवाईमा सरकारी कार्यालयका कामबारे दुई दर्जन बढी गुनासो
-न्युजभित्तो

चितवन,२३ पुस।  भरतपुर महानगरपालिकाभित्र भएका विभिन्न समाजिक सुधार र विकास निर्माणको कामहरुमा नागरिकले दुई दर्जन बढी गुनासो गरेका छन् । भरतपुर महानगरपालिको आयोजनामा शुक्रबार आर्थिक वर्ष ०७९÷८० को प्रथम चौमासिकमा भएका कामको सार्वजनिक सुनुवाईमा नागरिकले सरकारी निकायहरुको कार्यशैलीप्रति प्रश्न उठाएका...

भरतपुर मेयर दाहालद्वारा पश्चिम चितवनमा चार डिप बोरिङको उद्घाटन, किसान खुसी
-न्युजभित्तो

चितवन,२३ पुस । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा चार वटा ठूला डिप ट्युबेल सिँचाई प्रणालीको उद्घाटन गरेकी छन् । शुक्रबार भरतपुर महानगर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ डिप बोरिङको उद्घाटन गरेकी हुन् । चितवन भूमिगत...

चितवन प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट
-न्युजभित्तो

चितवन, २१ पुस । जिल्लाको पहाडी क्षेत्रमा लगाईएको गाँजा र अफिम प्रहरीले नष्ट गरेको छ । राप्ती नगरपालिकामा २० बिगाहमा लगाईएको गाँजा र ७ कठ्ठामा लगाईएको अफिम नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका...