सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिक्टा नहर भत्किनुमा मन्त्री पाण्डेको दोष छैन


  •    न्युजभित्तो/९ फाल्गुन २०७९, मंगलवार १६:२५ 
  • चितवन,८ फागुन । विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार रहेको शहरी विकास मन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनको कुनै दोष नभएको ठहर गरेको छ ।

    विशेषले गत असारमा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै ठेकेदार कम्पनीको बदनियतका कारण नभई कमशल माटोका कारण नहर भत्केको ठहर गरेको हो । पूर्णपाठमा घुलनशील माटोका कारण नहर भत्केकाले निर्माणमा संलग्न कालिका कन्स्ट्रक्सनका प्राविधिकहरु र कर्मचारीहरुको दोष नभएको निष्कर्ष निकालेको हो ।

    फैसलामा भनिएको छ, ‘प्रतिवादीहरुले मिलेमतो गरी आफूहरुलाई फाइदा र सरकारलाई हानी नोक्सानी पु¥याउने बदनियतले नहरको डिजाइन र निर्माण गरी भ्रष्टाचार गरेको भन्ने दाबी पुष्टि हुन नसकेकाले आरोपितहरुले सफाइ पाउने ठहर्छ ।’ विशेष अदालतले सिक्टाको मूल नहरको डिजाइनमा त्रुटि पनि नदेखिएको बताएको छ । ‘उक्त क्षेत्रमा रहेको घुलनशील माटोको कारणले भएको भन्ने सम्बन्धित विषयका विज्ञहरूको स्थलगत अध्ययन प्रतिवेदनहरू र अदालतमा गरेको बकपत्र समेतबाट देखियो’ पूर्णपाठमा भनिएको छ ।

    विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले नहरको सम्भाव्यता अध्ययन, डिजाइन, सम्झौता र निर्माण गर्दा ठेकेदार र कर्मचारीहरुलाई घुलनशील माटोका बारेमा जानकारी नभएको ठह¥याएको छ । विशेष अदालतले सिक्टाको मूल नहरको १७ देखि ३५ किलोमिटर खण्डको विभिन्न भागमा घुलनशील माटोको उपस्थिति देखिनुलाई दुखद संयोग भनेको छ ।

    विशेष अदालतले सिक्टाको मूल नहरको १७ देखि ३५ किलोमिटर खण्डको विभिन्न भागमा घुलनशील माटोको उपस्थिति देखिनुलाई दुखद संयोग भनेको छ । ‘यो नितान्त प्राकृतिक संयोग र नेपालमा पहिलो पटक घटेको घटना हो भनिएको पाइन्छ’, फैसलामा भनिएको छ, ‘क्षतिग्रस्त स्थानको परीक्षण गराउँदा केही स्थानमा घुलनशील माटो भएको प्रतिवेदनबाट देखियो । आयोजना सुरु हुनुपूर्व कुनै पनि स्वदेशी वा विदेशी विज्ञहरूबाट भएका अध्ययन, सर्भे, डिजाइन र प्राविधिक प्रतिवेदनहरूमा उक्त क्षेत्रमा घुलनशील माटो रहेको भन्ने देखिएन ।’

    विशेष अदालतले क्षतिग्रस्त भाग मर्मतपछि नहर पूर्ण क्षमतामा सञ्चालनमा रहेकाले आरोपितहरुमाथि भ्रष्टाचारको आरोप पुष्टि नहुने ठहर गरेको हो । ५० घनमिटर प्रतिसेकेण्डका दरले पानी बहनुपर्ने सिक्टा नहरमा त्यो भन्दा कम पानी छाड्दा पनि संरचनाले थेग्न नसकेर भत्केको थियो । सिक्टाको मूल नहरको १७ देखि ३५ किलोमिटर खण्ड निर्माणको जिम्मा सीटीसीई–कालिका कन्ट्रक्सन जेभीले पाएको थियो । २१ मंसिर २०७५ मा अख्तियारले यो खण्ड निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले भ्रष्टाचारका कारण नहर निर्माणमा भएको खर्चभन्दा पनि बढी आर्थिक नोक्सानी भएको दाबी गरेको थियो ।

    तर विशेष अदालतले ५ असार २०७९ मा सिक्टा सिंचाई आयोजनामा भ्रष्टाचार नभएको ठहर गर्दै कालिका कन्स्ट्रक्सनका अध्यक्ष एवं राप्रपा उपाध्यक्ष बिक्रम पाण्डेलगायतलाई सफाइ दिएको थियो । पाण्डे ४ मंसिरको चुनावमा चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए र हाल शहरी विकासमन्त्री छन् । अख्तियारले पाण्डेसहित आरोपितहरुसँग दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ बिगो माग दाबी गरेको थियो । तर सिक्टामा ठेकेदार, कर्मचारी र परामर्शदाता गरी सबै २१ जनाले नै विशेष अदालतबाट सफाइ पाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.