ब्राइट स्टार नेपालको वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न, देवकोटाको नेतृत्वमा नयाँ समिति
न्युजभित्तो/१४ फाल्गुन २०७९, आईतवार ०८:०९
भरतपुर, १४ फागुन । ब्राइट स्टार नेपाल चितवनको चौथो वार्षिक साधारणसभा तथा अधिवेशसन शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. २ मा रहेको संस्थाले एक कार्यक्रमबीच वार्षिकोत्सव सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं २ का वडाध्यक्ष मनोज रानाभाटले बालगृहहरुले समाजको विकासमा ठुलो योगदान गरेको हुनाले बालगृहको विकास गर्ने दायित्व स्थानीय सरकारको पनि काँधमा आएको बताउनुभयो। उहाँले ब्राईट स्टार समाजमा आश्रित एक जना विद्यार्थीलाई कक्षा १२ सम्म लाग्ने सम्पूर्ण शुल्क उपलब्ध गराउने जिम्मेवारी लिँदै वडाको योजनामा पनि संस्थाको विकासको लागि बजेट विनियोजन गर्ने जानकारी दिनुभयो।
कार्यक्रममा मन्जुश्री असहाय संरक्षण केन्द्र भरतपुरका सञ्चालिका मञ्जु खाँडले बाल गृहहरुले असहाय बालबालिकाको हितमा महत्वपूर्ण काम गरिरहेको बताउँदै सरकारको मापदण्ड पनि बालगृहमैत्री हुनुपर्ने धारणा राख्नुभयो।
ब्राइट स्टार समाज नेपालका अध्यक्ष दामोदर देवकोटाले संस्थालाई यो अवस्थामा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि अझबढी सल्लाह, सुझाव र सहयोगको आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रमको उद्घाटन समारोहमा मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु रावत, मिलन टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण सुवेदी, लायन्स क्लबकी प्रतिनिधि सरिता महर्जन, मानव अधिकार तथा शान्ति समाज चितवनकी कार्यसमिति सदस्य सुप्रिया सापकोटा, ब्राइट स्टार समाज नेपालका सल्लाहकार नारायण सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले अप्सरा देवकोटाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्य समितिको उपाध्यक्षमा रुद्रप्रसाद वाग्ले, सचिवमा मनिता सापकोटा, कोषाध्यक्ष सुर थापा तामाङ रहनु भएको छ । समितिको सदस्यहरुमा दिननाथ दवाडी, पूर्णप्रसाद तिवारी, खरिका पौडेल चयन हुनु भएको छ ।
साधारण सभाले सचिव रुद्रप्रसाद सापकोटाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष मनिता सापकोटाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सल्लाहकार कृष्णप्रसाद सापकोटाले गर्नुभएको थियो। हाल ब्राइट स्टार समाजमा ८ जना छोरी र १ जना छोरा गरी ९ जना बालबालिका संरक्षणमा छन्। कार्यक्रममा बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।
भरतपुर, १४ फागुन । ब्राइट स्टार नेपाल चितवनको चौथो वार्षिक साधारणसभा तथा अधिवेशसन शनिबार सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं. २ मा रहेको संस्थाले एक कार्यक्रमबीच वार्षिकोत्सव सम्पन्न गरेको हो ।
साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नं २ का वडाध्यक्ष मनोज रानाभाटले बालगृहहरुले समाजको विकासमा ठुलो योगदान गरेको हुनाले बालगृहको विकास गर्ने दायित्व स्थानीय सरकारको पनि काँधमा आएको बताउनुभयो। उहाँले ब्राईट स्टार समाजमा आश्रित एक जना विद्यार्थीलाई कक्षा १२ सम्म लाग्ने सम्पूर्ण शुल्क उपलब्ध गराउने जिम्मेवारी लिँदै वडाको योजनामा पनि संस्थाको विकासको लागि बजेट विनियोजन गर्ने जानकारी दिनुभयो।
कार्यक्रममा मन्जुश्री असहाय संरक्षण केन्द्र भरतपुरका सञ्चालिका मञ्जु खाँडले बाल गृहहरुले असहाय बालबालिकाको हितमा महत्वपूर्ण काम गरिरहेको बताउँदै सरकारको मापदण्ड पनि बालगृहमैत्री हुनुपर्ने धारणा राख्नुभयो।
ब्राइट स्टार समाज नेपालका अध्यक्ष दामोदर देवकोटाले संस्थालाई यो अवस्थामा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै आगामी दिनमा पनि अझबढी सल्लाह, सुझाव र सहयोगको आवश्यकता रहेको बताउनुभयो।
कार्यक्रमको उद्घाटन समारोहमा मानव अधिकार तथा शान्ति समाज चितवनका सभापति शम्भु रावत, मिलन टोल विकास संस्थाका अध्यक्ष लक्ष्मण सुवेदी,
लायन्स क्लबकी प्रतिनिधि सरिता महर्जन, मानव अधिकार तथा शान्ति समाज चितवनकी कार्यसमिति सदस्य सुप्रिया सापकोटा, ब्राइट स्टार समाज नेपालका सल्लाहकार नारायण सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।