सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा क्रिकेट खेलाउन तयार गरिएको खेलमैदान जोतिएपछि आजदेखि हुने प्रतियोगिता रोकियो


  •    न्युजभित्तो/११ फाल्गुन २०७९, बिहीबार १६:४१ 
  • चितवन, ११ फागुन। खैरहनी नगरपालिकाको समन्वयको कमीले आजदेखि हुने प्रथम क्रिकेट एकेडेमी लिग क्रिकेट प्रतियोगिता रोकिएको छ ।

    खेलको लागि वडा नं. ५ स्थित निर्माणाधिन खैरहनी रंगशाला उपलब्ध गराउने अनुमति दिएको पालिकाले ठेकेदार कम्पनीसँग समन्वय नगरिदिँदा प्रतियोगिता रोकिएको हो ।

    प्रतियोगिताको लागि तयार पार्दै गरिएको मैदान अर्को दिन जादा जोतिएको अवस्थामा भेटिएको इष्ट्रन क्रिकेट एकेडेमी (इसीए) रत्ननगर नगरपालिका –३ टाँडीका प्रवन्ध निर्देशक आकाश थापाले बताए । उनले भने, ‘नगरपालिकाले क्रिकेट टुर्नामेन्टको अवधिभरका लागि खेल मैदान उपलब्ध गराउने अनुमति दिएको हो । खेलका लागि अनुकुल मैदान बनाउन नगरपालिकाले ३ घण्टाको लागि डोजर समेत उपलब्ध गरायो । यसमा हामी खुसी थियौं तर खेल सुरु हुने २–३ दिन अगाडि तयार पारिँदै गरेको मैदान जोतिएको अवस्थामा थियो । ’

    कुनै खबर नै नगरी तयार पारिएको मैदान जोतिँदा प्रतियोगिता अन्योलमा परेको थापाले बताए । ‘थापाले मैदान तयार गरिरहँदा १५ हजार भन्दा धेरै खर्च लागेको जीकिर गरे । उनले भने, क्रिकेट खेल्नको लागि मैदान सम्याउँदा २ टिप माटो खसाले । एक टिप माटोको ७ हजार पर्छ । सँगै कामदार पनि थिए । १५ हजार बढी खर्च भयो’, उनले सुनाए । अब प्रतियोगिता टिकौली जंगलमा रहेको खेल मैदानमा गराउने कि भन्नेमा छलफल भइरहेको उनले जानकारी दिए । फेरि सोही ठाउँमा खेल सञ्चालन गर्न ६० हजार खर्च लाग्ने भएपछि मैदाननै परिवर्तन गर्न लागिएको थापाको भनाइ थियो ।
    खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनियाँले पालिकाले कुनै अनुमति नदिएको दाबी गरेका छन् । उनले भने, ‘जो पनि आएर खेल्छन् यहाँ । उनीहरुले हामीसँग अनुमति लिएका छैनन् । कति रुपैयाँमा अथोरिटी लिनुभयो देखाउनुस् ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.