चितवन सेरोफेरो

बकुलहर रत्ननगर अस्पतालबाट दुई लाख बिरामीले सेवा लिए
-न्युजभित्तो

चितवन,१२ साउन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष २०७९/८० मा दुई लाख चार हजार पाँच सय बिरामीले सेवा लिएका छन् । सो अवधिमा एक हजार एक सय ४३ बिारमीको जटिल किसिमको तथा एक हजार नौ सय १३...

बागमती प्रदेशमा घट्यो सार्वजनिक सवारीको भाडा
-न्युजभित्तो

चितवन,११ साउन । वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार भाडा घटाएको जानकारी दिएको हो । नयाँ भाडादरअनुसार नारायणगढ–काठमाडौं सार्वजनिक सवारीसाधनको भाडा १० रुपैयाँले घटेको छ । अहिले नयाँ भाडादर ४२१...

भरतपुर महानगरपालिकाले माग्यो द्वन्द्वकालमा बुबाआमा गुमाएका बालबालिकाहरुको विवरण
-न्युजभित्तो

चितवन,१० असार । भरतपुर महानगरपालिकाले द्वन्द्वकालमा बुबाआमा गुमाएका बालबालिकाको विवरण माग गरेको छ । भरतपुरको शैक्षिक प्रशासन महाशाखाले महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुलाई पत्र लेखी ‘बालबालिका पुर्नस्थापना कार्यक्रम–२०६८’ अनुसार सो विवरण माग गरेको हो । द्वन्द्वको क्रममा आमाबुबा गुमाएका बालबालिकाहरुलाई मासिक...

‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु
-न्युजभित्तो

चितवन,१० साउन । भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताउनुभयो । उहाँका अनुसार...

भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा
-न्युजभित्तो

चितवन,१० साउन। वाग्मती प्रदेश सरकारले भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ । काभ्रे धुलिखेलमा प्रदेशस्तरको प्रयोगशाला चलाएको वाग्मती सरकारले सेवा विस्तार गरेको हो । वाग्मती प्रदेशमा जनसंख्याको चाप रहेका कारण थप प्रयोगशाला खुलेको हो ।  धुलिखेल प्रयोगशालाको व्याकपमा रहेका मेसिन...

चितवनमा लक्ष्यभन्दा २२ प्रतिशत कम राजस्व सङ्कलन
-न्युजभित्तो

चितवन,१० साउन । आन्तरिक राजस्व कार्यालय भरतपुरमा राजस्व विभागले दिएको लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य रु २६ अर्ब २६ करोड ५९ लाख ७३ हजारमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजारमात्रै...

नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुल्यो
-न्युजभित्तो

चितवन,९ साउन । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड दुइतर्फी खुलेको छ । आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको थियो । पहिलो हटाएपछि दिउँसो ४ः३० बजेको समयमा दुइतर्फी...

भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने
-न्युजभित्तो

चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०\०८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । अनलाइन आवेदनको आधारमा ८१९ विद्यार्थीबाट २f८३ जना छनोट गरी सो छात्रवृत्ति प्रदान गर्न लागेको हो । महानगरपालिकाभित्र सञ्चालित...

३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध
-न्युजभित्तो

चितवन,९ साउन । ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । आज दिउँसो सवा ३ बजेको समयमा सुख्खा पहिरो खसेपछि दुइतर्फी सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको छ । ...

बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते
-न्युजभित्तो

चितवन,९ श्रावण। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ४९४२ नम्बरको ट्रक...