सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार रमेशकुमार पौडेललाई ‘चितवन थारुरत्न’ सम्मान


  •    न्युजभित्तो/५ आश्विन २०८०, शुक्रबार १८:२१ 
  • चितवन, ५ असोज । कान्तिपुरका चितवन संवाददाता रमेशकुमार पौडेलाई थारु कल्याणकारिणी सभा (थाकस) चितवनले ‘चितवन थारुरत्न’ ले सम्मान गरेको छ । थाकस चितवनको शुक्रबारबाट सुरु भएको १३ औं जिल्ला अधिवेशनमा पौडेललाई कार्यक्रमका प्रमुख अतिथि रहेका थाकस केन्द्रीय सभापति धनिराम चौधरी, माडी नगरपालिकाका मेयर ताराकुमारी काजि महतो लगायतले सम्मान गर्नुभएको हो ।

    चितवनका आदिवासी थारु समुदायको अधिकारदेखि साँस्कृतिक सहन सहन र समस्याका विषयमा निरञ्तर कलम चलाउँदै आउनु भएका कारण पत्रकार पौडेललाई थारुरत्न सम्मान प्रदान गरेको थाकस चितवनका अध्यक्ष ललितकुमार चौधरीले बताउनुभयो । पौडेल दुई दशकदेखि चितवनमा पत्रकारिता गर्दै आउनु भएको छ ।

    कार्यक्रममा चितवनका अर्का पत्रकार कारी चौधरीसहित शिक्षा, समाज सेवा, कानुनी सेवा लगायतका विषयमा काम गर्दै आएका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

    थाकसका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले थारु समुदायको साँझा जातीय संस्थाका रुपमा विस २००५ मा केन्द्रमा खुलेको यो संगठन चितवनमा २०१८ सालमा स्थापना भएको जानकारी दिनुभयो । चितवनका आदिवासी भइकन पनि थारु समुदाय राजैतिक र अन्य क्षेत्रमा पछाडी पार्ने काम भइरहेको उहाँको दुखेसो थियो । शनिबार सकिने अधिवेशनले थाकसको नयाँ कार्य समिति चयन गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.