सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनले सबै विद्यालय बन्द गरी, आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान


  •    न्युजभित्तो/२ आश्विन २०८०, मंगलवार १६:३१ 
  • चितवन, २ आश्विन । नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति चितवनले सबै विद्यालय बन्द गरी सडक आन्दोलनमा सहभागी हुन शिक्षकलाई आव्हान गरेको छ ।

    नेपाल शिक्षक महासंघसहित चितवनका विभिन्न राजनीतिक दलहरु निकट पाँचवटा शिक्षक संघ र संगठनले आइतबार प्रेषित गरेको संयुक्त विज्ञप्तिमा सो आव्हान गरेको हो ।

    विज्ञप्तिमा संसदमा दर्ता गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्येयक–२०८० ले नेपाली शिक्षक र विद्यालयका कर्मचारीहरुको पेसागत सम्मान, सुरक्षा मूलभूत माग र मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको जनाइएको छ । विद्यालय शिक्षामा लगानीको अनिश्चितता र सामुदायिक विद्यालय शिक्षामा लगानीको दायित्वबाट सरकार पछाडि हट्ने योजनाका साथ विद्येयक संसदमा पेस गरिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।

    यसबाट नेपालको सामुदायिक विद्यालय शिक्षा अझै अनिश्चित बन्ने शिक्षक महासंघको ठहर छ । विज्ञप्तिमा सबै विद्यालय बन्द गरेर असोज ३ गतेबाट काठमाडौँमा हुने आन्दोलनमा सहभागी हुन र शिक्षा मन्त्रालयले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्न शिक्षकहरुलाई अनुरोध गरिएको छ ।
    नेपाली शिक्षकहरुको न्यायिक माग र मुद्दाहरुको सम्बोधन गरी विद्यालय शिक्षाप्रति राज्यलाई जिम्मेवार बनाउन नेपाल शिक्षक महासंघ चितवनले बाध्य भई काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा शिक्षक प्रदर्शन गर्नुपरेको महासंघले जनाएको छ ।

    महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरेको नेतृत्वमा चितवनबाट ११ वटा बसमा सामुदायिक विद्यालयका पेसागत शिक्षकहरु आज काठमाडौँ गएका छन् । घिमिरेले भने, ‘ हामी एक हजार जना शिक्षक काठमाडौँ उत्रँदै छौं । अझ साथीहरु आउँदै हुनुहुन्छ । पर्सीबाट चितवनका सबै सरकारी सामुदायिक विद्यालयहरु बन्द हुनेछन् ।’  शिक्षक महासंघ चितवनका सदस्य कृष्ण नेपालले पर्सीबाट सबै विद्यालय बन्द गरेर शिक्षकहरुको ३० बुँदे र ५१ बुँदै माग पूरा नगरेसम्म निरन्तर आन्दोलनमा रहने नारायणी अनलाइनलाई बताए ।

    फाइल फोटो

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.