सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष अधिकारीको निधन


  •    न्युजभित्तो/२ आश्विन २०८०, मंगलवार १६:१५ 
  • चितवन, २ आश्विन । नेपाल प्रेस युनियन चितवनका संस्थापक अध्यक्ष विश्वनाथ अधिकारीको निधन भएको छ ।

    अधिकारीको आज (मंगलबार) विहान सवा ११ बजेको समयमा काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा ७६ वर्षको उमेरमा निधन भएको हो । उहाँ १८ वर्षदेखि प्यारालाइसिस (पक्षघात)को रोगले समस्याले ग्रस्त हुनुहुन्थ्यो । वि.सं. २०४९ सालमा स्वर्गीय अधिकारीको अध्यक्षता नेपाल प्रेस युनियन चितवन शाखाको सात सदस्यीय समिती बनेको थियो ।

    यसैबीच नेपाल प्रेस युनियन चितवन शाखाले अधिकारीको निधनप्रति दुःख व्यक्त गरेको छ । युनियनका जिल्ला सचिव राजु चौधरीले आज एक शोक वक्तव्य जारी गर्दै अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    युनियनले अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.