सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व अल्जाइमर्स दिवस: ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’


  •    न्युजभित्तो/४ आश्विन २०८०, बिहीबार १४:४७ 
  • चितवन, ४ असोज। अल्जाइमर्स रोगले बिर्सने मात्रै नभएर कार्यक्षमतामा ह्रास ल्याउने विज्ञहरुको भनाइ छ । विश्वभर नै यो रोगका कारण धेरैले दुःख पाउँदै आएका छन् ।

    भरतपुर अस्पतालका न्यूरोलोजिष्ट (स्नायुरोग विशेषज्ञ)डा निरज गौतमले अल्जाइमर्स बिर्सने मात्रै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले हाम्रो मस्तिष्कको कार्यक्षमतामा समेत ह्रास ल्याउँछ ।” उहाँले भविष्यमा के गर्ने भनेर योजना बनाउने कुरा, आज के खान्छु?  कस्तो लुगा लगाउँछु रु जस्ता कुरामा समेत असर पार्ने बताउनुभयो ।

    आमनागरिकले यो रोगलाई बुढेसकालमा लाग्ने रोग र बिर्सने समस्याका रुपमा बुझ्ने गरेको भन्दै उहाँले भन्नुभयो, “यो केही हदसम्म सही पनि हो, तर कतिपय समाजमा कतिपय मानिसहरुलाई सानै उमेरमा पनि यो समस्या आउने र धेरैजसो बिर्सने रोग अल्जाइमर्स मात्र नभएर थप अरु रोग पनि हुनसक्ने सम्भावना हुन्छ ।”

    अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उहाँले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताउनुभयो ।

    विश्वमा करिब पाँच करोड व्यक्ति अल्जाइमर्स रोगबाट पीडित रहेको उहाँको भनाइ छ । सन् २०५० सम्म यो सङ्ख्या अहिलेको भन्दा तीन गुणासम्म बढ्न सक्ने अनुमान गरिएको उहाँ बताउनुहुन्छ । नेपालमा एकिन तथ्याङ्क उपलब्ध नभएता पनि करिब ८० हजारदेखि एकलाख २० हजारसम्म व्यक्तिलाई बिर्सने समस्या भएको गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीमध्ये एक नम्बर कारण अल्जाइमर्स नै रहेको छ ।”

    अल्जाइमर्स पहिचान गर्न कठिन हुने जनाउँदै उहाँले भन्नुभयो “यसको लक्षण सुरु भए पनि धेरै मानिसहरुले बुढ्यौलीपनकै समस्या भन्ने ठानेर त्यसलाई नजरअन्दाज गरेर बस्नुहुन्छ ।” आफ्नो दैनिक काम नै गर्न नसक्ने धेरै जटिल अवस्थामा पुगेपछि मात्र अल्जाइमर्स हो कि भनेर बिरामीलाई चिकित्स कहाँ लिएर आउने गरेको उहाँको अनुभव छ ।

    जनमानसमा बुढ्यौलीपन र अल्जाइमर्सको बिर्सनेपन छुट्याउन कठिनाइ भएको कारणले गर्दा जटिल अवस्थामा मात्र बिरामीलाई चिकित्सक कहाँ ल्याउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरैजसो अल्जाइमर्स ६५ वर्ष कटेपछि नै हुन्छ, धेरै कम अल्जाइमर्स जसलाई हामी जेनेटिक अल्जाइमर्स पनि भन्छौं त्यो चाहिँ ६५ वर्ष उमेरभन्दा सानोमा पनि सुरु हुन्छ ।”

    विश्वव्यापी सङ्ख्याले ६५ देखि ७५ वर्षको उमेरमा करिब एक हजार जना मानिसमध्ये पाँच जनालाई अल्जाइमर्स हुने र यो सङ्ख्या ८५ वर्ष उमेर कटेकामा भने एक हजार जनामध्ये ३७ देखि ४० जनामा हुने उहाँको भनाइ छ । उमेर बढ्दै जाँदा त्यसैगरी अल्जाइमर्स देखिँदै जान्छ ।

    उमेरबाहेक उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, मोटोपना, शारीरिक व्यायामको अभावजस्ता कारणले अल्जाइमर्स हुने डा गौतम बताउनुहुन्छ । स्वस्थकर खानपान र सक्रिय जीवनयापन गर्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “चिल्लोपना, अत्यधिक मद्यपान र धूमपानले पनि अल्जाइमर्सलाई बढाउँछ ।”

    अल्जाइमर्र्स आफँैमा क्रमशः बढ्दै जाने रोग भए पनि यो एकदमै विस्तारै हुन्छ । डा गौतमले भन्नुभयो, “अल्जाइमर्र्स आफँैबाट मृत्यु चाहिँ हुँदैन, हेरचाह राम्रो भयो भने ज्यानको खतरा हुँदैन ।” बुढेसकालमा सबैलाई अल्जाइमर्र्स हुन्छ नै भन्ने नभएको भन्दै उहाँले बिर्सने समस्या बढ्दै गएपछि चिकित्सकको परामर्श लिनुपर्ने बताउनुभयो ।

    अल्जाइमर्र्सको औषधि दिएर कत्तिको सुधार हुन्छ भनेर हेर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “कसैलाई राम्रो फाइदा पनि हुन सक्छ, कसैलाई फाइदा गरेन भने औषधि रोक्नुपर्ने हुन सक्छ ।” बिरामीलाई घरपरिवारले राम्रो हेरचाह गर्नुपर्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.