सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर


  •    न्युजभित्तो/५ आश्विन २०८०, शुक्रबार १६:४१ 
  • चितवन,५ आश्विन। प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।

    नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज यहाँ आयोजना गरेको २–१७८ औँ समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार, मनोवृत्ति र सोच परिवर्तन गर्न सिकाएको बताए ।

    महानिरीक्षक कुँवरले भने, “प्रहरीको जीवन भनेको तनाव, दबाब र चुनौतीपूर्ण छ । सही र सशक्त मानसिकताले यसको सामना गर्नुपर्छ ।” कार्य क्षेत्रमा जाँदा चुनौतीलाई बिर्सन नहुने भन्दै उनले चुनौतीको सामना गर्नु नै प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

    देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक कुँवरको भनाइ थियो । राज्यले प्रदान गरेको अधिकारको दुरुपयोग नगरी सही मार्गमा जान उनले सबैलाई निर्देशन दिए । नेपाल प्रहरीको विश्वासले राज्यको छवि बलियो हुने भन्दै उनले सिकेका कुरालाई विवेकसम्मत कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

    कार्यक्रममा विसं २०७९ भदौ २० गतेदेखि सञ्चालनमा आएको तालिममा सहभागी ५५ महिलासहित चार सय २६ प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए । कार्यक्रममा शिक्षालयकी समादेशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले दीक्षित सबैलाई कार्य क्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.