सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीको भविष्य अन्यौलमा पार्ने शिक्षकलाई छाड्दिन: मेयर सापकोटा


  •    न्युजभित्तो/३ आश्विन २०८०, बुधबार १५:४४ 
  • चितवन, ३ असोज । रत्ननगरका मेयर प्रल्हाद सापकोटाले आन्दोलन गर्ने शिक्षकको अधिकार भए पनि धेरै दिन विद्यालय बन्द गरेर विद्यार्थीको भविष्य अन्यौलमा पार्ने रत्ननगरका शिक्षकलाई नछाड्ने बताएका छन् ।

    मेयर सापकोटाले नारायणी अनलाइनसँग कुरा गर्दै आन्दोलन गर्ने अधिकार छ भन्दैमा विद्यालय बन्द गर्ने छुट कसैलाई नभएको बताएका हुन् ।

    मेयर सापकोटाले भने, ‘अहिलेको शिक्षकहरुको आन्दोलन केन्द्रीय सरकार र शिक्षक महासंघको विषय हो । छिटो वार्तामा बसेर समस्या टुङ्ग्याउनु पर्छ । मैले शिक्षकहरुलाई स्कुल बन्द नगर्नुहोस् भनेको छु । आन्दोलनको शैली बदलेर प्रतिनिधिमूलक बनाएर आन्दोलन गर्नुैपर्छ । स्वरुप परिवर्तन गर्नुहोस् । यदि सबै विद्यालय बन्द भएमा स्थानीय प्रशासनले कदम चाल्नेछ ।’

    मेयर सापकोटाले विद्यालयमा बिना अवरोध पढ्न पाउने अधिकार बालबालिकाको रहेको भन्दै शिक्षक सधै आन्दोलनमा गएर विद्यालय निरन्तर बन्द गरे एक्सनमा उत्रने बताए । उनले आफूहरुले शिक्षाको गुणस्तर सुधार गर्न निकै ठूलो लगानी गरिरहेको भन्दै विद्यालय बन्द गर्नु गलत भएको बताए । उनी अहिले विद्यालय बन्द गर्ने शिक्षकलाई भविष्यमा के कारबाही गर्न सकिन्छ भनेर कानुनी परामर्शमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.