सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षक आन्दोलनले विद्यालय बन्द भए भरतपुर महानगरले एक्सन लिने


  •    न्युजभित्तो/३ आश्विन २०८०, बुधबार १६:०४ 
  • चितवन, ३ असोज । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले लामोसमय सामुदायिक विद्यालय बन्द भएर विद्यार्थीले पढ्न नपाउने अवस्था आए महानगरले एक्सन लिने बताएका छन् ।

    रानाले नारायणी अनलाइनसँग आज कुरा गर्दै शिक्षकको आन्दोलन गर्न पाउने अधिकारसँगै बालबालिकाको पढ्न पाउने अधिकारको पनि शिक्षकले ख्याल गर्नुपर्ने भन्दै विद्यालय बन्द भए एक्सनमा उत्रने बताएका हुन् ।

    रानाले भने, ‘ रात रहे अग्राख पलाउँछ भनेझै शिक्षकहरुको आन्दोलनले रातभरमा केही निष्कर्ष आउला भन्ने आशा गरौं । निष्कर्ष नआए पनि शिक्षकहरुले आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ । लामोसमयसम्म आन्दोलनकै कारणले विद्यार्थीले पढ्न नपाउने अवस्था आएमा भरतपुर महानगरपालिकाले एक्सनमा उत्रन्छ ।’ उनले आन्दोलनले धेरै दिन पठनपाठन अवरुद्ध हुँदैन भन्ने आशा पनि व्यक्त गरे । शिक्षकहरु आफैँ बुझ्ने मानिस भएकोले बालबालिकाको पढ्न पाउने अधिकारबारे भनिरहनु नपर्ने विचार रानाले राखे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.