सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाजा बेचेरै मासिक एक लाख बचत


  •    न्युजभित्तो/५ आश्विन २०८०, शुक्रबार १३:०७ 
  • चितवन,५ असोज। एक दशक विदेशमा पसिना बगाउनुभएका माडी नगरपालिका–७ का लोकनाथ काफ्ले अहिले भने आफ्नै व्यवसायमा तल्लीन हुनुहुन्छ ।

    रत्ननगर नगरपालिका–२ हाईस्कुल रोडमा खाजा पसल (फाष्ट फुड) व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँलाई विदेशमा दुःख गर्नुभन्दा यही आनन्द आएको छ । बिहानदेखि रातिसम्म पारिवारिकरुपमा गरिएको व्यवसायमा तल्लीन रहनुहुने काफ्ले समय बिहान उठेदेखि ग्राहकको खाजा जोरजाम र खाजा खुवाउँदैमा बित्ने गरेको छ । दिनभरिका लागि आवश्यक पर्ने खाजाका परिकारको तयारीमा बिहानदेखि नै काफ्ले दम्पती जुटनुहुन्छ । जब अपराह्न हुन्छ तब काफ्लेलाई ग्राहकको मागअनुसारको परिकार बनाउन भ्याइनभ्याइ हुन्छ ।

    जिम्मेवारीले थिचेपछि उच्च शिक्षा अध्ययन गर्दैगर्दा सन् २००६ मा रोजगारीको सिलसिलामा उहाँ साउदी लाग्नुभएका थियो । घरको आर्थिक अवस्था र गाउँ छिमेकमा कसैले विदेशमा राम्रो कमाइ हुन्छ भनेपछि उहाँको मन विदेशतिर ढल्कियो । विदेश पुगेपछि मात्र काफ्लेले त्यहाँको वास्तविकता थाहा पाउनुभयो ।

    साउदी, दुबई र कतारसम्मको बसाईका क्रममा उहाँलाई नेपालमा नै केही गर्न सकिन्छ भन्ने लागेर नेपाल फर्कनुभयो । वैदेशिक यात्राका क्रममा समेत होटलमा काम गर्नुभएका काफ्लेलाई सुरुआती समयमा भने यहाँ आएर व्यापार गर्न लाज लागेको थियो । वैदेशिक यात्राका क्रममा कमाएको केही रकम घरायसी व्यवहार मिलाउँदा सकिएपछि साथीसँग रु ५० हजार सापटी र श्रीमतीको गहना बेचेर व्यवसाय सुरु गर्नुभएका उहाँ अहिले राम्रो आम्दानी हुन थालेपछि निकै उत्साहित हुनुभएको छ । आशिका दिपिका खाजा घरको नाममा ठेलामा व्यवसाय गर्दै आउनुभएका काफ्लेले व्यवसायलाई विस्तार गर्दै सटरसम्म पु¥याउनुभएको छ ।

    विदेशबाट फर्किएपछि आम्दानीको स्रोत केही नभेट्टाएर अवसरको खोजीमा लाग्नुभएका उहाँले विगत छ वर्षदेखि व्यवसाय गर्दै आउनुभएको हो । काठमाडौँ, हेटौँडा र नारायणगढसम्म ठेलामा व्यवसाय गरेको देखेपछि यो व्यवसाय रत्ननगरमा समेत राम्रो हुने भन्दै त्यता लाग्नुभएका काफ्ले सुरुआती दिनमा भएको कमाइ सम्झदा अहिले पनि विदेश जाउँ की जस्तो लाग्ने गरेको बताउनुहुन्छ ।

    सुरुआतमा दिनको रु तीन सय मात्रै व्यापार हुँदा हतोत्साहित हुनुभएका उहाँ पछिल्ला दिनको व्यापारमा भने सन्तुष्ट हुनुहुन्छ । काफ्लेले भन्नुहुन्छ, “निरन्तर ग¥यो भने जुनसुकै काममा पनि सफल भइदोरहेछ ।” खाजाको रुपमा उहाँले अहिले मःम, ससेज, लालिपक, पकौडा, आलुचप, लेगपिसजस्ता परिकार बिक्री गर्दै आउनुभएको छ । काफ्ले खाजाको गुणस्तरमा भने कुनै सम्झौता नगर्ने बताउनुहुन्छ ।

    बिहान ल्याएको सामान बेलुकासम्म सकिने बताउँदै उहाँ अहिले एक दिन व्यापार बन्द ग¥यो भने ग्राहकको गाली सुन्नुपर्ने बताउनुहुन्छ । “अहिले दैनिक रु २० हजारसम्मको व्यापार हुँदै आएको छ,” काफ्ले भन्नुहुन्छ, “खर्च कटाएर मासिक रु एक लाख बचत हुन्छ ।”

    आफ्नो ग्राहक ५० प्रतिशत विदेश पलायन भइसकेको बताउँदै उहाँ आम्दानी हुँदाहुँदै पनि यहाँ बसेर भविष्य बन्दैनकी भन्ने समस्याले भने झस्काइरहने गरेको छ । काफ्ले थप्नुहुन्छ, “अहिले ठिकै छ । छोराछोरीको भविष्यका लागि फेरी विदेशिनुपर्ने हो की भन्ने लाग्थ्यो तर विदेश जाने सोच भने छैन ।” विदेशिने युवालाई आफ्नै माटोमा केही गर्न आग्रह गर्दै उहाँ सीप सिकेर मात्रै विदेश जान आग्रह गर्नुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.