चितवन सेरोफेरो

आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय बन्द
-न्युजभित्तो

चितवन,२१ साउन । आँखा पाक्ने संक्रमण फैलिएपछि भरतपुरका विद्यालय पाँच दिन बन्द भएको छ । भरतपुर महानगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालयहरु बिदा गरेको हो । सूचनामा हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी भोलि सोमबार...

भरतपुरमा चालिस करोड विद्युत् महसुल बक्यौता उठाउन बाँकी
-न्युजभित्तो

नारायणगढ,२१ साउन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले गत आर्थिक वर्षमा रु ४० करोड बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ । कालो सूचीमा परेका, तिर्न बाँकी रहेकालगायतको महसुल बाँकी रहेको हो । कार्यालयका इञ्जिनियर राजेन्द्र पौडेलका अनुसार...

७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ४५ वर्षीय मेघ बहादुर पक्राउ
-न्युजभित्तो

चितवन,२१ साउन। चितवनमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ बस्ने ४५ वर्षीय मेघ बहादुर चेपाङ रहेका छन् । चेपाङले ती बालिकालाई साउन १३ गते दिउँसो इच्छाकामना गाउँपालिका–३ डुसा...

रास्वपाकाे ‘मोबाइल क्लिनिक’ पुरानो मेडिकल कलेजलाई फिर्ता
-न्युजभित्तो

चितवन,२१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर चितवनमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट...

आँखा पाक्ने रोग फैलिएपछि खैरहनीका विद्यालय क्याम्पस बन्द
-न्युजभित्तो

चितवन, १९ साउन । बालबालिकामा आँखा पाक्ने समस्या वढ्दै गए पछि चितवनको खैरहनी नगरपालिकाले क्याम्पस र विद्यालय बन्द गरेको छ । साउन २१ र २२ गते दुई दिन पालिका भित्र रहेका विद्यालय र क्याम्पसहरु वन्द गरिएको हो । नगर शिक्षा...

देवघाटमा नुहाउँदै गरेका भुसाललाई नदीले बगायो, खोजी कार्य जारी
-न्युजभित्तो

चितवन,१९ साउन । तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन् । त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता...

रविले सुरु गरेको ‘ब्लु बस’ कुन–कुन रुटमा चल्छ ?
-न्युजभित्तो

चितवन,१८ साउन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनबाट निर्वाचित भएको १०० दिन पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजोदेखि ‘ब्लु बस’ सञ्चालनमा ल्याए । महिलाहरुका लागि मात्रै भनेर लामिछानेले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हुन् । मासिक...

रविले निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरे
-न्युजभित्तो

चितवन,१७ साउन । चितवन क्षेत्र नम्वर २ का सांसद रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरुका लागि लक्षित गर्दै निःशुल्क बस सेवा संचालनमा ल्याएका छन् । आफु निर्वाचित भएको सय दिन पुगेको अवसरमा आज सांसद लामिछानेले निःशुल्क बस सेवा संचालनमा...

आज दिनभर मलाई फेसबुकमा फलो गरिदिनु होला: रवि लामिछाने
-न्युजभित्तो

चितवन,१७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिनभर आफूलाई सामाजिक संजाल’फेसबुक’मा फलो गर्न आग्रह गरेका छन्। आफूले निर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा आफूले बोलेका थुप्रै काम (स्टन्ट) बारे आज दिन भरी विभिन्न कार्यक्रम मार्फत...

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान
-न्युजभित्तो

चितवन,१७ साउन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल...