चितवन सेरोफेरो
चितवन,२६ साउन । भरतपुर क्षेत्रमा केही दिन विद्युत अनियमित हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित बसेनीमा रहेको ग्रिड सवस्टेशनको ट्रान्सफर्मर जलेका कारण भरतपुरका विभिन्न क्षेत्रमा विद्युत सेवा अबरुद्ध हुने भएको हो । १३२/११ केभि/२२...
चितवन,२५ साउन । यहाँका नर्सिङ कलेज बन्द भएपछि त्यहाँका सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले चिकित्सक शिक्षा सरोकार सङ्घर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि बढाएका छन् । विगतमा सञ्चालन हुँदै आएका नर्सिङ कलेज राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५...
चितवन,२४ साउन । वर्षाका कारणले पटक–पटक अवरुद्ध हुने नारायणगढ–मुग्लिन सडकमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्यापिड एक्सन टिम (आरएटी) खटाएपछि जिल्ला प्रशासन कार्यालय चितवनले गम्भिर ध्यानाकर्षण जनाएको छ । जाम खुलाउन सुन्तला रंगको ज्याकेटमा आर.ए.टी लेखेर वाकीटकी संचारसहितका युवाहरू खटेको भनेर...
भरतपुर,२३ साउन। पहिरो पन्छाएर एकतर्फी रुपमा खुलाइएको नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ । दिउँसो २ः२० बजेदेखि बाटो दुईतर्फी रुपमा खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । कालिखोला र टोपे खोलामा खसेको पहिरो पन्छाएर...
चितवन,२२ साउन । चितवनका विभिन्न सडक निर्माणको काम अलपत्र पार्ने सात ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालय भरतपुरको सिफारिसमा चितवनको छ र काठमाडौँको एक ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको हो । भरतपुरमा सडक...
चितवन,२२ साउन । मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवनखण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो । यसअघि उक्त खण्डको धादिङको मलेखुबाट पनि काम सुरु भइसकेको छ । मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र...
चितवन,२२ साउन । अर्थतन्त्र चलायमान हुन नसक्दा यहाँका कपडा पसलमा सेवाग्राहीको उपस्थिति न्यून भएको छ । सहरी क्षेत्रमा महँगो भाडा तिरेर पसल गरेका व्यवसायी पसल बन्द गर्ने स्थितिमा पुगेका छन् । भाडा तिर्नसमेत आम्दानी हुन छाडेपछि व्यापारी चिन्तत छन् । “विगतमा...
चितवन, २२ साउन । आज नारायणी सहित ९ मुख्य नदीका १६ सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ। महाशाखाका अनुसार नारायणी, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ति, दुधकोशी, तामाकोशी, त्रिशुली, बुढीगण्डकी, सेती, कालिगण्डकी, अरूण, भेरी, पश्चिम सेती, कन्काई, कमला...
चितवन,२२ साउन । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ । चितवन र...
चितवन,२२ साउन । चितवनबाट गोलभेँडा भारततिर जान थालेपछि चितवनमा गोलभेँडाको मूल्य आकाशिएको छ । वर्षात्मा हुने डुबानका कारणले भारतमा गोलभेँडाको उत्पादन घटेकोले चितवनबाट भारत गोलभेँडा निर्यात हुन थालेको हो । वर्षाको मौसममा गोलभेँडाको उत्पादन उसै त कम हुन्छ त्यसैमाथि पनि कम उत्पादन...















