दसैंमा चितवनका पठाओ चालकलाई ३ वटा खसी र ५१ हजार नगद पुरस्कार
न्युजभित्तो/१ कार्तिक २०८०, बुधबार १९:२१
चितवन, १ कात्तिक । पठाओ दशैं महोत्सव-२०८० अन्तर्गत चितवनमा पठाओ नेपालका बाइक राइडरद्वय प्रज्वल बिडारी र जीभराज चौधरी साथै टुकटुक चालक भैरव लौडरीले खसी उपहार पाएका छन् । यस्तै टुकटुक चालक भुवन भण्डारीले बम्पर उपहारमा ५१ हजार रुपैयाँ जितेका छन् ।
तोकिएको नियम पूरा गर्ने बाइक राइडर र टुकटुक चालकहरु मध्यबाट गोलाप्रथा गरेर बिजेता छनौट गरि तीन जनालाई खसी र एकजनालाई नगद उपहार हस्तान्तरण गरिएको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।
पठाओ नेपालले चितवनमा ‘हरेक हप्ता खसी उपहार र बम्पर उपहारमा ५१ हजार’ नारा राखेर तीन हप्ता दशैं महोत्सव सन्चालन गरेको हो । चितवनमा पठाओको यो पहिलो दशैं महोत्सव हो ।
उपहार जित्नका लागि कम्पनीको ‘राइड पोलिसी’ अनुसरण गर्दै बाइक राइडरले हरेक हप्ता १०० वटा र टुकटुक चालकले हरेक हप्ता ६० वटा राइड पूरा गरेको हुनुपर्ने शर्त राखिएको थियो ।
सन् २०२२ सेप्टेम्बर २४ देखि चितवनमा पठाओ बाइक र पठाओ टुकटुकले सेवा दिन सुरू गरेको हो । चितवनमा पठाअाे सञ्चालनमा अाएपछि यात्रुहरूलाई अावतजावतमा निकै सजिलो भएको छ ।