सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खैरहनी अस्पतालमा प्रयोगशाला सञ्चालन


  •    न्युजभित्तो/१ कार्तिक २०८०, बुधबार १३:२२ 
  • चितवन, १ कात्तिक । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ। नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरे।
     
    सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताए। उनले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल–टोलमा पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताए।
     
    सबै प्रकारका जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त कँडेलले बताए। प्रयोगशाला सञ्चालनमा आएपछि खैरहनी नगर अस्पतालमै रोगको परीक्षण गर्न सहज भएको छ।
     
    कार्यक्रममा उपप्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, अस्पतालका चिकित्सक, प्रयोगशालालगायत अस्पतालका कर्मचारीको उपस्थिति थियो। यसअघि खैरहनीवासी प्रयोगशाला परीक्षणका लागि रत्ननगर अस्पताल वा भरतपुर आउनुपर्ने बाध्यता थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.