सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै


  •    न्युजभित्तो/२४ आश्विन २०८०, बुधबार ११:३६ 
  • काठमाडौं, २४ असोज । पोल्ट्रीको राजधानीका रूपमा रहेको चितवनमा पोल्ट्री व्यवसाय धरासायी बन्दै गएको गुनासो व्यवसायीहरूले गरेका छन्। 

    विश्व अण्डा दिवसका विषयमा जानकारी दिन मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले कोरोना महामारीका साथै दानाको मूल्य वृद्धि र बैकको चर्को ब्याजका कारण पोल्ट्री व्यवसाय ओरालो लाग्ने क्रममा रहेको बताएका हुन्। 

    अण्डा लगायत पोल्ट्रीजन्य उत्पादनले उत्पादन लागत पनि नपाउने गरेको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष बिनोद पोखरेलले बताए। चितवनमा रहेका कुखुरा पालक किसान ह्याचरी उद्योगहरू आधाभन्दा बढी बन्द भइसकेको उनले बताए।

    पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनको करिब ४ प्रतिशत योगदानका साथै ५ लाख व्यक्तिलाई रोजगार प्रदान गरेको संघले जनाएको छ। कोभिडअघि दैनिक ५० देखि ५५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर ३० लाख गोटामा झरेको छ। चितवन र यसको आसपासको क्षेत्रमा हाल करिब १६ लाख लियर्स कुखुरा रहेको र १ सय ५० किसान आबद्ध रहेका छन्। 

    पोल्ट्री व्यवसाय प्रति सरकारको नीतिगत कारणले गर्दा पोल्ट्री व्यवसायीहरू समस्यामा परेको नेपाल ह्याचरी महासंघका अध्यक्ष गुणचन्द विष्टले बताए। 

    पोल्ट्री व्यवसायको अवस्था नाजुक रहकै अवस्थामा असोज २६ गते विश्व अण्डा दिवस मनाउन लागिएको उनीहरूले जनाएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.