सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सहकारीले दिने ऋण उत्पादनसँग जोडिनु पर्छः मन्त्री उत्तम जोशी


  •    न्युजभित्तो/२८ आश्विन २०८०, आईतवार १५:५१ 
  • चितवन, २८ असोज। बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले सहकारीले गरेको ऋण लगानी उत्पादनसँग जोडिन आवश्यक रहेको बताएका छन् ।

    नव चितवन बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभालाई आज भरतपुरमा सम्बोधन गर्दै उनले सहकारीको ऋण बिलाशितामा जोडिँदा सहकारीहरु समस्याग्रस्त बन्ने गरेको बताए ।

    उनले भने ‘सहकारीको ऋण उत्पादनमा जोडिनु पर्छ । बिलाशितामा होइन ।’ ऋण प्रदान गर्दा बिलाशितामा हो कि उत्पादनका लागि हो भनेर संस्थाले समेत सोच बिचार गर्नुपर्ने उनको भनाइ थियो । पछिल्लो समय सहकारीहरुमा देखिएको समस्या बिलाशिताका वस्तुमा ऋण प्रदान गर्दा देखिएको उनले बताए । उनले थपे ‘व्यवसायिक घराना व्यक्तिहरुले सञ्चालन गरेको सहकारीमा समस्या देखिने गरेको छ ।’ सामान्य स्तरका जनताले दैनिकी चलाउनका लागि सञ्चालन गरेका सहकारीहरुको भविष्य भने राम्रो रहेको उनको भनाइ थियो ।

    सहकारीका माध्यमबाट राष्ट्र निर्माणमा सहयोग पु¥याउनुपर्ने भन्दै उनले अहिलेका सहकारीहरुलाई कसरी अघि बढाउनुपर्ने भन्ने विषयमा सोच्नुपर्ने उनले बताए । समाज रुपान्तरणमा सहकारीले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले सहकारीले स्थानीय सरकारले गर्नुपर्ने कामहरु गर्दै आएको बताए ।

    संस्थाका अध्यक्ष रामप्रसाद वस्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेस्कुनका सञ्चालक बिद्या कोइराला, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष पररमेश्वर खनाल, २३ का वडा अध्यक्ष दिपक दवाडीलगायतले बोलेका थिए । कार्यक्रममा संस्थाले शेयर सदस्यहरु विभिन्न बिधामा सम्मान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.