सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा सत्ताइस हजारभन्दा बढी पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइयो


  •    न्युजभित्तो/१ कार्तिक २०८०, बुधबार १६:४२ 
  • चितवन, १ कात्तिक। जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भौसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुमा खोप लगाइएको हो ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार रोगको सङ्क्रमण देखिन थालेपछि जेठदेखि जिल्लामा खोप लगाउन सुरु गरिएको हो । गत वैशाखमा रोगको सङ्क्रमण देखिएको थियो । लगाइएका खोपमध्ये केन्द्रले आठ हजार दुई हजार ५० खोप उपलब्ध गराएको थियो भने अन्य खोप स्थानीय पालिका एवं कृषकको अग्रसरतामा लगाइएको हो ।

    कार्यालयका अनुसार जिल्लामा हालसम्म १२ हजार पाँच सय २३ पशुचौपाय सङ्क्रमित भएका छन् । जसमध्ये गाई ११ हजार तीन सय ७८, गोरु सात सय ९६ र भैँसी तीन सय ४९ रहेका छन् । यस्तै, सङ्क्रमितमध्ये चार सय दुईवटा पशुचौपाय मरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

    तथ्याङ्कअनुसार गाई तीन सय ७४ र गोरु २८ मरेका हुन् । सङ्क्रमणमुक्त पशुचौपायमा १२ हजार एक सय चारवटा पशुचौपाय रहेका छन् । जसमा गाई १० हजार नौ सय ८७, गोरु सात सय ६८ र भैँसी तीन सय ४९ वटा सङ्क्रमणमुक्त भएका छन् । यस रोगको सङ्क्रमण अहिले १७ वटा पशुचौपायमा मात्रै रहेको अधिकृत डा आचार्यले जानकारी दिनुभयो ।

    गर्मी मौसममा लामखुट्टे, झिँगा लगायतका कारण यो रोगको प्रकोप फैलिने गरेको छ । गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, मुख, ओठ, र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, लिम्फनोडहरू सुक्ने जस्ता लक्षण देखापर्दछन् ।

    यो रोग विशेषगरी सङ्क्रमित लामखुट्टे, झिँगा लगायतको टोकाइबाट सर्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसार, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ । यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिँगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार किट विकर्षकको प्रयोग गर्नुपर्ने अधिकृत डा आचार्यले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.