सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कारागारमा दसैँ : ‘जहाँ बस्यो त्यही रमाइलो’


  •    न्युजभित्तो/३ कार्तिक २०८०, शुक्रबार १३:२७ 
  • चितवन, ३ कात्तिक । बडादसैँ घर–घरमा हर्षोल्लासका साथ आउँदै गर्दा कारागारमा बन्दी जीवन बिताइरहेकाहरू त्यही घर सम्झेर दसैँ मनाउँदै छन् । कैदीबन्दीले जहाँ बस्यो त्यही रमाइलो हुने भन्दै सबै मिलेर दसैँ मनाउने बताएका छन् ।

    कैद जीवन बिताउँदै आएका कैदीबन्दी विगतका वर्षमा जस्तै यस वर्ष पनि दसैँ मनाउने तयारीमा जुटेका छन् । दसैँ सुरु भएसँगै विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेका छन् । कतिपय कैदी नयाँ हुन् भने अधिकांश पुराना छन् ।

    हेटौँडाकी शर्मिला शर्माले (नाम परिवर्तन) घरगाउँको दसैँको सम्झनासमेत हुन छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “जहाँ बस्यो त्यही रमाउने हो ।” घरगाउँको जस्तो नभए पनि यहाँ छुट्टै रमाइलो हुने गरेको उहाँले बताउनुभयो ।

    “चाडपर्वमा परिवारसँग बस्न पाइएन भन्ने हो । विगत आठ वर्षदेखि चाडपर्व कारागारमै मनाइरहेका छौँ”, शर्माले भन्नुभयो, “परिवारका सदस्यले कहिलेकाँही टीका लगाइदिन आउने गर्नुहुन्छ । कहिलेकाहीँ परिवारको याद निकै आउँछ ।” कोही त भेटघाटमा आए पनि परिवार सम्झेर चाडपर्वमा रुने गरेको उहाँले सुनाउनुभयो ।

    भरतपुर महानगरपालिकाका रमेश विश्वकर्मा (नाम परिवर्तन)लाई चाडपर्वको समयमा परिवारको यादले सताउने गरेको बताउनुहुन्छ । सुरुआती दिनमा त निन्द्रासमेत नलागेको भए पनि अहिले बानी परिसकेको उहाँको भनाइ थियो । चाडपर्वको महत्व कारागारले बुझाएको बताउँदै उहाँले कारागारमा बसेर दसँै मनाउनु पर्दा निकै दुःख लाग्ने गरेको बताउनुभयो ।

    विगत १५ वर्षदेखि हरेक पर्वलाई कारागारमा मनाउने गरेको भन्दै विश्वकर्माले आफूहरू जहाँ बस्यो त्यसलाई घर सम्झेर रमाइलो गर्ने गरेको अनुभव सुनाउनुभयो । कारागारभित्रै उत्साहका साथ दसैँ मनाउने गरेको उहाँले बताउनुभयो ।

    विगत चार वर्षदेखि कारागार जीवन बिताइरहेका हरि शर्मा (नाम परिवर्तन)लाई पनि चाडपर्वमा परिवारका सदस्य आएर टीका लगाइदिँदा निकै नरमाइलो लाग्ने गरेको बताउनुभयो । गाउँघरमा बसेर परिवारका साथ दसँै मनाउन पाउँदा निकै रमाइलो हुने गरेको भन्दै अहिले कारागारमा नै रमाइलो गर्न थालेको उहाँको भनाइ थियो ।

    शर्माले भन्नुभयो, “अब हाम्रा लागि कारागार नै घर हो । यही रमाइलो गरेर दसैँ मनाउने हो ।” यहाँ चाडपर्वको समयमा हुने गरेका विभिन्न प्रतियोगिताले बाहिरको झल्को मेटाउने गरेको उहाँको भनाइ थियो ।

    दसैँलाई लक्षित गरेर कारागारभित्र खेलकुद, विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको कारागारका प्रमुख (जेलर)कमलप्रसाद आचार्यले बताउनुभयो । विगतमा जस्तै गरी यस वर्ष पनि कैदीबन्दीको तर्फबाट खसी, राँगा ल्याउने, मौलो पूजा गर्नेलगायत काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

    “टीकाको दिन सामूहिक टीका ग्रहण, टीकाअगाडि सामूहिक भोजजस्ता कार्य हुने गरेको छ”, आचार्यले भन्नुभयो, “दसैँमा कडा सुरक्षाका साथ परिवारसँग टीका लगाउन दिने गरी तयारी गरेका छौँ । टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म टीका ग्रहणका लागि समय दिने छौँ ।”

    उहाँका अनुसार कारागार कार्यालय चितवनमा अहिले सात सय २९ कैदीबन्दी छन् । जसमध्ये ४४ महिला र पाँचजना बालबालिका छन् भने बाँकी पुरुष छन् । पाँच सय पाँच जनाको क्षमता रहेको उक्त कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका आचार्यले बताउनुभयो । उहाँका अनुसार यो हिन्दूहरूको महान् पर्व भए पनि सबै धर्म समुदायले आ–आफ्नो हिसाबले मनाउने गर्दछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.