निर्धारित समयभित्र काम सकेपछि निर्माण व्यवसायी खड्का सम्मानित
न्युजभित्तो/२९ आश्विन २०८०, सोमबार ०८:५३
चितवन, २९ असोज । समयमा काम सम्पन्न गर्न नसकेर निर्माण व्यवसायीले गाली खाईरहँदा धेरै आयोजनाहरुमा तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गरेर एक युवा निर्माण व्यवसायीले विभिन्न आयोजनामा तालि खाँदै आएका छन् । यति मात्रै होइन दर्जनौं आयोजनाको उद्घाटन हुँदै गर्दा उनले सम्मानित हुने अवसर पनि पाएका छन् । ती पात्र हुनुहुन्छ सगुन कन्स्ट्रक्सनका सञ्चालक सहदेव खड्का ।
पश्चिम चितवनको शारदानगरमा निर्माण गरिएको शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई आयोजना तोकिएको समयभित्र सम्पन्न गरेका कारण उद्घाटन समारोहमा आईतबार उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको छ ।
बि.सं. २०७८ वैशाख ३१ गते सम्झौता भएको सो आयोजना २०८० जेठ ८ गते सम्पन्न भएको छ । अनुमानित कूल लागत रु.४६ करोड ७२ लाख २६ हजार रहेको सो आयोजना ३७ करोड ९९ लाख ४७ हजारमा सम्पन्न भएको हो । शर्मा एण्ड कम्पनी प्रा.लि.को तर्फबाट खड्काले यो आयोजना समयमै सम्पन्न गर्नुभएको हो । समयमै काम सम्पन्न गरेको भन्दै खानेपानी मन्त्रालयले उहाँलाई सम्मान गरेको हो । सम्मान समारोहमा प्रधानमन्त्री दाहाल, भरतपुर महानगर प्रमुख रेनु दाहाल र उपभोक्ता समितिले उहाँको कामलाई प्रशंसा गर्नुभएको थियो ।
दोलखाको मेलुङ गाउँपालिका वडा नं. ७ मा जन्मिनु भएका खड्का विगत २० वर्षदेखि निर्माण व्यवसायमा संलग्न हुनुहुन्छ । युवाअवस्थादेखि नै निर्माण व्यवसायमा लाग्नु भएका खड्का अहिले ३८ वर्षको उमेरमा हुनुहुन्छ ।
निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष खड्का यस अघि लुम्बिनी निर्माण व्यवसायी संघ बुटवलको अध्यक्ष हुनुहुन्थ्यो । उहाँले निर्माण व्यवसायी महासंघले प्रदान गर्ने एक्सिलेन्स अवार्ड पाईसक्नु भएको छ । लुम्बिनी प्रदेश सरकारले पनि उहाँलाई सम्मान गरिसकेको छ ।
धनगढा खानेपानी आयोजना, रत्ननगर खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग लगायत दर्जनौं आयोजना समयमै सम्पन्न गरेकाले उहाँ सम्मानित भईसक्नु भएको छ । नेपालका ठूला निर्माण व्यवसायीको रुपमा परिचय पाउनु भएका खड्काले अहिले नागढुंगा नौबीसे सडक, भरतपुरको ६ लेन सडक, भरतपुरको सिटी हल, हुप्सेकोट खानेपानी आयोजना, कालिगण्डकी कोरिडोर, मदन भण्डारी लोकमार्ग जस्ता ठूला आयोजनाको काम गरिरहनु भएको छ । उहाँले देशका २० भन्दा बढी जिल्लामा काम गरिरहनु भएको छ ।
खड्काले भन्नुभयो “समयमा बजेट निकासा गरेर साईड क्लियर भएमा तोकिएको समयभन्दा चाँडै हामी काम गर्न सक्षम छौं ।” सरकारले समयमा भुक्तानी नगर्दा समस्या भएको उहाँको भनाई छ । उहाँले थप्नुभयो “असारसम्मकै करोडौं रुपैयाँ भुक्तानी हुन बाँकी छ, कसरी काम गर्न सकिन्छ ?” राज्यले समयमा भुक्तानी गरेमा विश्वका जुनसुकै मुलुकका निर्माण व्यवसायीसँग प्रतिस्पर्धा हुने गरी आफूहरुले काम गर्न सक्ने उहाँको भनाई छ ।