राजनीति

काँग्रेसले गर्यो प्रधानाध्यापक खड्कालाई गाउँपालिका अध्यक्षमा सिफारिस
-न्युजभित्तो

काठमाडौं,७ बैशाख । हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस भएका छन् । प्रअ अमरसिंह खड्कालाई नेपाली काँग्रेसले त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवारमा सिफारिस गरेको हो । प्रावि द्वितीय तहमा कार्यरत खड्काले पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने...

राप्रपाको चुनावी अभियान : राप्रपाले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने
-न्युजभित्तो

भरतपुर,७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने चुनावी अभियान अघि सारेको छ । जिल्ला सदस्य लीलकुमार गुरौले यसपटक राप्रपाले माडीलाई पूर्णरुपमा भ्रष्टाचाररहित नगर बनाउने योजना अघि सारेको जानकारी दिए । माडीलाई आफ्नो आधार इलाका मान्दै आएको राप्रपाले...

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामिरहेका छन् : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

काठमाडौँ,६ बैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको शक्ति देखेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थरथरी कामिरहेका बताएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं...

देउवालाई चितवन सभापतिको जवाफ: कार्यकर्ताहरु भरतपुर नछोड्ने पक्षमा छन्, निर्णय बदल्न सक्दैनौं
-न्युजभित्तो

चितवन,६ बैशाख – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चितवन जिल्ला सभापतिबीच भेट भएको छ । देउवा र खनालबीच आज (मंगलबार) बालुवाटारमा भेट भएको हो । भेटमा देउवाले पेचिलो बन्दै गएको भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने...

भरतपुरको मेयरको विवाद मिलाउन देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाए
-न्युजभित्तो

चितवन,६ बैशाख – पेचिलो बन्दै गएको भरतपुर महानगरको मेयरको विवाद मिलाउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाएका छन् । भरतपुरको मेयरमा कांग्रेस र माओवादी केन्द्रले दावी नछोडेपछि देउवा चितवन जिल्ला सभाप्ति राजेश्वर खनाललाई काठमाडौं बोलाएका हुन्...

चार उपमहानगरमा दाबी नछाड्न प्रचण्डलाई दबाव
-न्युजभित्तो

काठमाडौं,६ वैशाख। नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन्...

गठबन्धन टुटाउने षड्यन्त्र जारी छ, कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं,६ बैशाख। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस अवसरमा आयोजना गरेको ‘निर्वाचनमा नेविसंघको भूमिका...

राप्ती नगरपालिकामा समाजवादी र मालेबीच पार्टी एकता
-न्युजभित्तो

रत्ननगर,६ बैशाख। चितवनको राप्ती नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माले)बीच पार्टी एकता भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हालै बनेको समाजवादी र मालेबीच पार्टी एकता भएको हो । भण्डारामा आयोजित एकता घोषणा कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्य बाबुराम...

महानगर र उपमहानगरको सिट बाँडफाँट गर्न गठबन्धनको बैठक बस्दै
-न्युजभित्तो

काठमाडौं,६ वैशाख। आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिकाको चुनावी तालमेलका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्न लागेको सरकारका प्रवक्तासमेत रहेका काँग्रेसका नेता...

चुनावी भागबण्डा मिलाउन सत्ता गठबन्धन बैठक जारी
-न्युजभित्तो

काठमाडौं,५ बैशाख। आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा कुनै सहमति जुट्न नसकी निष्कर्षविहीन भएपछि सहमतिको बिन्दुमा पुग्न पुन:...