सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार उपमहानगरमा दाबी नछाड्न प्रचण्डलाई दबाव


  •    न्युजभित्तो/६ बैशाख २०७९, मंगलवार १४:१६ 
  • काठमाडौं,६ वैशाख। नेकपा माओवादी केन्द्रका नेताहरुले चार उपमहानगरपालिकाको नेतृत्वमा दाबी नछोड्न पार्टी अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डलाई दबाव दिएका छन् । स्थानीय चुनावबारे छलफल गर्न आज आयोजित केन्द्रीय कार्यालयको विस्तारित बैठकमा नेताहरुले चार उपमहानगरको दाबीमा लचक नहुन सुझाव दिएका हुन् ।

    ‘महानगरमा एकवटामा मात्रै चित्त्त बुझाएर जाने स्थिति सिर्जना भयो,’ बैठकमा सहभागी एक पूर्व स्थायी समिति सदस्यले भने, ‘यसको क्षतिपूर्तिस्वरुप चारवटा उपमहानगरमा जोड दिएर जानुपर्छ भन्ने सुझाव अधिकांश नेताबाट आयो ।’

    महानगरमा भरतपुर मात्रै दाबी गरिरहेको माओवादी केन्द्रले चारवटा उपमहानगरमा पनि दाबी गरेको छ । माओवादीले गठबन्धनको बैठकमा जितपुर–सिमरा, घोराही, धरान र हेटौंडा उपमहानगरको प्रमुख आफूले पाउनुपर्ने माग गरेको छ ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्मको अवस्थाबारे ‘बिफ्रिङ’ गरेको पूर्व स्थायी समिति सदस्य डिलाराम आचार्यले जानकारी दिए । ‘अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै उहाँले तपाईंहरुको यसमा राय के छ भनेर सोध्नु भएको थियो,’ आचार्यले अनलाइनखबरसँग भने, ‘हामीले महानगर र उपमहानगरमा मिलाएर जाँदा राम्रै हुन्छ भन्ने सुझाव दियौं ।’

    त्यस्तै माओवादी केन्द्रको सोमबार अबेर केन्द्रीय समितिको भर्चुअल बैठक बसेको थियो । उक्त बैठकमा पनि प्रचण्डले अहिलेसम्मको अवस्थाबारे जानकारी गराउँदै आफ्नै शक्तिमा भर पर्न निर्देशन दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    ‘तल पनि मिलाएर जाने कोसिस गर्नुहोस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने, ‘मुख्य आधार आफ्नो शक्ति हो, त्यसमा भर पर्नुपर्यो । मिलेन भने पनि दृढतापूर्वक एक्लै लड्नुपर्‍यो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.