सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने


  •    न्युजभित्तो/२६ आश्विन २०८३, सोमबार १०:०५ 
  • चितवन, २६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सबै स्थानीय तहको आम्दानीको स्रोत नहुने भन्दै इच्छाकामना आधारभूत अस्पताललाई प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–४, कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उहाँले अस्पताललाई बागमती प्रदेश सरकारले आवश्यक प्रविधि र जनशक्ति उपलब्ध गराउने बताउनु भएको हो ।

    मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारले दसैँलगत्तै विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । नवनिर्मित १५ शैयाको अस्पताल भवनको उद्घाटन गर्दै थापा मगरले राजधानी भित्रिने र बाहिरिने मुख्य राजमार्गमा अवस्थित यस अस्पताल स्थानीय नागरिकका साथै सवारी दुर्घटनामा घाइते हुनेहरूको उपचारका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सुविधासम्पन्न भवन निर्माण भएसँगै अस्पतालको सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    मुख्यमन्त्री थापा मगरले आफू यसअघि स्वास्थ्यमन्त्री हुँदा पनि अस्पतालका लागि बजेट विनियोजन गरिएको र अहिले पनि बजेटको व्यवस्था गरिएको बताउनुभयो । धेरै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण भए पनि तिनको सञ्चालन स्थानीय तहले मात्रै गर्न कठिन हुने उहाँको भनाइ थियो ।

    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) ले अस्पताललाई थप साधनस्रोत सम्पन्न बनाउँदै लैजानु पर्ने बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले अस्पताललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले इच्छाकामना आधारभूत अस्पतालले यसअघि दारेचोक स्वास्थ्यचौकीबाट सेवा सञ्चालन गर्दा कठिनाइ र अप्ठ्याराहरू भोग्नुपरेको उल्लेख गर्दै अहिले सुविधासम्पन्न भवनबाट सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले अस्पतालका लागि आवश्यक थप उपकरण उपलब्ध गराइदिन मुख्यमन्त्री थापा मगरलाई आग्रह गर्नुभयो ।

    अध्यक्ष गुरुङले गाउँपालिकाले विपन्न तथा सुत्केरी महिलालाई निःशुल्क उपचार र आकस्मिक दुर्घटनाका घाइतेलाई एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । अस्पतालले गोरखा र धादिङका छिमेकी पालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनामा घाइते भएकाहरूलाई समेत सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो।

    कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण सिलवाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना, सहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, निवर्तमान गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले मन्तव्य बोल्नु भएको थियो ।

    वक्ताहरूले इच्छाकामना आधारभूत अस्पतालको सेवा विस्तारका लागि आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चितवनको इच्छाकामनासहित धादिङको बेनीघाट रोराङ, गोरखाको गण्डकी र सहिद लखन गाउँपालिकाका नागरिकका साथै काठमाडौँ, पोखरा र चितवन यात्रा गर्ने यात्रु तथा दुर्घटनाका घाइतेहरूको जीवनरक्षामा यस अस्पतालको महत्वपूर्ण भूमिका रहेको उनीहरूको भनाइ थियो।

    गाउँपालिकाका अनुसार हालै निर्माण सम्पन्न भएको अस्पताल भवन संघीय सरकारको रु. १४ करोड ५० लाखको लागतमा निर्माण गरिएको हो । अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता रहेको वक्ताहरूले औँल्याएका थिए । पृथ्वी राजमार्गसँगै जोडिएको अस्पतालमा राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.