सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल


  •    न्युजभित्तो/२७ आश्विन २०८३, मंगलवार ११:२१ 
  • चितवन, २७ असोज स् देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ ।

    पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच विगतमा भएको समझदारी कार्यान्वयनका लागि तीनवटै स्थानीय तहले अग्रसरता लिएका हुन् ।

    सोही अन्तर्गत भरतपुर महानगरपालिकाले सोमबार भरतपुरमा सरोकार भएका पक्षहरूबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रम गरी सुझाव सङ्कलन तथा आगामी कार्ययोजनाबारे छलफल गरेको हो । तीनै स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा, पर्यटन व्यवसायीलगायतले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेका तीनै गन्तव्यको पर्यटन प्रवर्द्धन र विकासमा साझा प्रतिबद्धता जनाएका हुन् ।

    अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिकता, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतालाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पर्यटनका माध्यमबाट तीनै सहरको अर्थतन्त्रलाई समृद्ध बनाउन ‘सिल्भर ट्रयाङ्गल’को अवधारणा ल्याउएको बताउनुभयो । उहाँले गत जेठमा तीन स्थानीय तहबीच भएको समझदारी अनुसार महानगरको नीति, योजना तथा कार्यक्रममा उक्त प्रवर्द्धनात्मक कार्यक्रमलाई समेटिएको बताउनुभयो ।

    “अब व्यवसायदेखि व्यवसाय (बिटुबी) र सरकारदेखि सरकार (जिटुजी) सहकार्यलाई ठोस र मूर्त रूपमा अगाडि बढाउनुपर्छ”, प्रमुख आचार्यले भन्नुभयो, “नेपाल भित्रने पर्यटकलाई पोखरा, चितवन र लुम्बिनी एकैसाथ घुम्ने गरी कनेक्टीभिटीदेखि पर्यटकीय सेवासुविधामा विस्तारमा जोड दिनुपर्छ ।”

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि नीजि क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा संचालनका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

    पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र सरकारबीचको सहकार्यमा जोड दिनुभयो । पछिल्लो समय प्राकृतिक विपद्का कारण पर्यटनमा असर पुगिरहेको बताउँदै नेपाल खुला र सुरक्षित छ भन्ने सन्देश विश्वमाझ दिनुपर्ने उहाँको भनाइ छ ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाई लम्बाउने गरी योजना बनाउनुपर्ने बताउनुभयो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरन्जीवी सुवेदीले तीन स्थानीय तहबीच व्यावसायिक संजाल विस्तार र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटकीय गन्तव्यको डिजिटल मार्केटिङ गर्नुपर्नेमा जोड दिनुभयो । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोडिएका तीनवटै गव्तव्यको प्रवर्द्धनका लागि सहकार्य र साझेदारी हुनुपर्ने बताउनुभयो । उहाँले छिट्टै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला ९ट्राभल मार्ट०को आयोजना गरिने बताउनुभयो ।

    गत जेठ २६ गते भएको तीन स्थानीय तहबीचको समझदारीपत्रमा प्रत्येक वर्ष पालैपालो रूपमा ‘सिल्भर ट्रयाङ्गल पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने, आवश्यकता अनुसार व्यवसायदेखि–व्यवसाय (बीटूबी) तथा सरकारदेखि–सरकार ९जीटूजी० बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान सञ्चालन गर्ने उल्लेख छ ।

    पर्यटन प्रवर्द्धनका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गर्ने सहमति भएको थियो । डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि सम्झौतामा समेटिएको छ । जस अन्तर्गत भरतपुर महानगरपालिकाले कार्यालय परिसरमा राखेको डिजिटल सूचना बोर्डकोसमेत सोमबार शुभारम्भ गरिएको थियो ।

    उक्त समझदारीपत्रमा पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा संघीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गर्ने विषय पनि समावेश छ । तीनै गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटक प्याकेज विकास गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.