सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा


  •    न्युजभित्तो/२८ आश्विन २०८३, बुधबार ०८:०१ 
  • चितवन, २८ चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ ।

    यसअघि जडान भएका पुराना काम गर्ने २०४ सिसी क्यामेरालाई समेत यसै प्रणालीअन्तर्गत ल्याउनेगरी जडान भइरहेको छ । यससँगै ६२२ वटा क्यामेरा महानगरभित्र जडान हुने भएका छन् । जिल्ला प्रहरी कार्यालय परिसरमा कन्ट्रोल रुम बनाएर अनुगमनसमेत थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सिसी क्यामेरामा रहेर अनुगमनको काम गर्ने नेपाल प्रहरीका १० जनालाई एक साताको तालिमसमेत दिइएको छ ।

    भरतपुर महानगरपालिकाले अनुगमनकर्तालाई तालिम समेत प्रदान गरेको छ । सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रहरीलाई प्राविधिक क्षमता अभिवृद्धि गरिएको हो । एउटै कन्ट्रोल रुममा बसेर महानगरभित्र जडान गरिएका सिसी क्यामेरा अनुगमन गरी ट्राफिक नियम मिच्ने र आपराधिक गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिन सक्नेगरी व्यवस्थापन गरिएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पूर्वपश्चिम राजमार्गको टिकौली र नारायणगढ–मुग्लिन सडकखण्डको ओरालोमा स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र गति मापनसहितको सिसी क्यामेरा राखिएको छ । त्यस्तै मुग्लिन, रामनगर, पुलचोक र रत्ननगरमा अटोमेटिक नम्बर प्लेट रेकर्ड प्रणाली भएको क्यामेरा जडान गरिएको छ । थापाले भन्नुभयो, “जिल्ला प्रहरी र ट्राफिकले एकीकृत कन्ट्रोल रुममार्फत सिसी क्यामेराको अनुगमन गर्नेछन् ।” यसअघि सिसी क्यामेरा नहुँदा धेरै दुर्घटनाका घटना पहिचानमा कठिन भएको जनाउँदै उहाँले अब यो समस्या नहुने बताउनुभयो ।

    महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारीले समाजमा हुनसक्ने आपराधिक क्रियाकलाप, सवारी दुर्घटनालगायतका शान्ति, सुरक्षा र अमनचयनका लागि महानगरले सिसी क्यामेरा जडानमा सहयोग गरेको बताउनुभयो । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने, सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्ने, अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा प्रभावकारी भूमिका खेल्ने महानगरको विश्वास छ । महानगरपालिकाले समग्र सहरी क्षेत्रलाई लक्षित गरी सिसी क्यामेरा जडान गरिएको जनाएको छ ।

    उहाँले भन्नुभयो, “महानगरवासीलाई सुरक्षित बसाइ र अमनचयनका लागि ठूलो खर्च गरेर सिसी क्यामेरा जडान गरिएको हो ।” क्यामेरा जडानपछि उपयोगलाई ध्यानमा दिँदै त्यहाँ रहेर काम गर्ने प्रहरीलाई तालिमसमेत दिइएको अधिकारीले बताउनुभयो ।

    भरतपुर महानगरपालिकामा २९ वटा वडा रहेका छन् । एउटा वडामा आवश्यकताअनुसार आठदेखि २० वटासम्म क्यामेरा जडान गरिएको छ । महानगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मूल्य अभिवृद्धि करसहित रु पाँच करोड ५८ लाख २० हजार ६५९ खर्च गरी क्यामेरा जडान गरेको हो । जडान गरिएका क्यामेरामध्ये आठवटा गति मापन गर्ने र चारवटा स्वचालित नम्बर प्लेट पहिचान गर्ने छन् । त्यस्तै, ३६० डिग्री घुमाउन र जुम गर्न मिल्ने नौवटा छन् ।

    गति मापन र नम्बर प्लेट पहिचान गर्ने क्यामेरा भरतपुर महानगरपालिका प्रवेश गर्ने नाकामा राखिएका छन् । मानिसको आवतजावत र भीडभाड बढी हुने मुख्य सहरी क्षेत्रमा जडान गरिएको क्यामेरा प्रभावकारी देखिएको छ । प्रहरीको अध्ययनका आधारमा संवेदनशील क्षेत्र पहिचान गरी क्यामेरा जडान गरिएको हो । साथै, नेपाल टेलिकमको तार प्रयोगका लागि टेलिकमसँग सम्झौता भएको छ । कार्यवहाक प्रमुख अधिकारीका अनुसार नेपाल टेलिकम भरतपुरको जिपिएन नेटवर्क प्रयोग गरेबापत वार्षिक रु ४७ लाख भुक्तानी गर्नेगरी सम्झौता गरिएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.