गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
न्युजभित्तो/२८ आश्विन २०८३, बुधबार ०७:२६
पोखरा । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको सोमबार कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न बीसौँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश ९प्रस्तावित बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित० वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले लाभांश वितरणसम्बन्धी प्रस्तावसहित सभामा पेस गरिएका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको बैंकले जनाएको छ ।
बैंकको साधारणसभाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२र८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पनि स्वीकृत गरेको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८३र८४ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत साधारणसभाबाट पारित भएको छ ।
बोनस शेयरपछि चुक्ता पूँजी ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी
हाल गरिमा विकास बैंकको चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा रहेको छ । साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर वितरण भएपछि बैंकको जारी तथा चुक्ता पूँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २०३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।
बोनस शेयर वितरणबाट बैंकको चुक्ता पूँजीमा वृद्धि हुनेछ । यसले बैंकको पूँजीगत आधार थप विस्तार गर्न सहयोग पुग्नेछ ।
साधारणसभाबाट आर्थिक वर्ष २०८२र८३ को वित्तीय विवरणहरू पारित हुनुका साथै आगामी आर्थिक वर्षको लेखापरीक्षणसम्बन्धी व्यवस्था पनि स्वीकृत भएको छ । लाभांश वितरणको प्रस्ताव पारित भएसँगै बैंकका शेयरधनीले बोनस शेयर तथा नगद लाभांश प्राप्त गर्ने बाटो खुलेको छ ।