सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’


  •    न्युजभित्तो/२६ आश्विन २०८३, सोमबार १०:०२ 
  • नारायणगढ (चितवन), २६ असोज । नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स)  सक्रिय भएको छ ।

    नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन तथा बजार अनुगमनलाई प्रभावकारी बनाउन टास्क फोर्सले सरोकारवाला निकायसँग समन्वय गरी काम अघि बढाएको हो ।

    टास्क फोर्सका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले चाडपर्वका समयमा बजारमा हुने भीडभाडका कारण व्यवसायी तथा उपभोक्ताले भोग्नुपर्ने समस्या समाधान गर्न कार्यदल सक्रिय भएको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “चाडपर्वमा बजारमा भीड बढ्छ । त्यसले गर्दा ग्राहकलाई किनमेल गर्न समस्या नहोस् भनेर हामी लागेका हौँ । ठेला तथा पोके व्यापारीका कारण अन्य व्यवसायी र ग्राहकलाई आवतजावतमा समस्या पर्ने गरेको छ । यसको समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै आएका छौँ ।”

    उहाँका अनुसार टास्क फोर्सले चाडपर्वका समयमा मात्र नभई अन्य समयमा पनि जथाभावी सञ्चालन हुने ठेला तथा पोके व्यापारलाई तोकिएको स्थान र मापदण्डअनुसार व्यवस्थित गर्ने, उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा उचित मूल्यमा उपलब्ध गराउन नियमित बजार अनुगमन गर्ने तथा सवारी चाप र भीडभाड नियन्त्रणका लागि ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्ने कामलाई प्राथमिकता दिएको छ ।

    चाडपर्वका समयमा सर्वसाधारण तथा उपभोक्ताले सहज, सुरक्षित र सुलभ रूपमा किनमेल गर्न सक्ने वातावरण बनाउन बजार अनुगमन तथा व्यवस्थापनका कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो ।  साथै, बजार व्यवस्थापनमा सहयोग गर्न व्यवसायी तथा सर्वसाधारणलाई टास्क फोर्सको आग्रह छ ।

    भरतपुर महानगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित, मर्यादित र उपभोक्तामैत्री बनाउने उद्देश्यले गत जेठमा चितवन उद्योग वाणिज्य सङ्घको अगुवाइमा सरोकारवालाबीच बजार व्यवस्थापनसम्बन्धी अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा सहभागीहरूले बजार क्षेत्रमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ, फुटपाथ अतिक्रमण र फोहोरमैला व्यवस्थापनलाई प्रमुख समस्याका रूपमा औँल्याएका थिए । बजारलाई सुन्दर र सुरक्षित बनाउन दीर्घकालीन पार्किङस्थलको व्यवस्था गर्नुपर्नेमा पनि उनीहरूले जोड दिएका थिए ।

    अन्तरक्रियामा उठेका समस्या समाधान गर्न बजार व्यवस्थापनसम्बन्धी गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने उद्देश्यले चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीको संयोजकत्वमा १३ सदस्यीय टास्क फोर्स गठन गरिएको थियो । समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी तथा टोल विकास संस्थालगायतका प्रतिनिधि सदस्य छन् ।

    टास्क फोर्सले बजार व्यवस्थापन, सौन्दर्यीकरण, पार्किङ, फुटपाथ अतिक्रमण तथा फोहोरमैला व्यवस्थापनका विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    • भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    • सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.