सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धन टुटाउने षड्यन्त्र जारी छ, कुनै हालतमा टुट्न दिन हुँदैन : प्रधानमन्त्री देउवा


  •    न्युजभित्तो/६ बैशाख २०७९, मंगलवार १३:४३ 
  • काठमाडौं,६ बैशाख। नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय सत्ता गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

    नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस अवसरमा आयोजना गरेको ‘निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्टी कार्यक्रम’ लाई संबिधान गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षडयन्त्र भईरहेतापनि कुनै हालतमा टुटाउन नहुने बताएका हुन् ।

    देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेपनि सो षड्यन्त्र असफल पार्नुपर्नेमा जोड दिए । उनले गठबन्धन टुटेमा देशको हालत खराव हुने समेत संकेत गरेका छन् । उनले वर्तमान संविधानअनुसार कुनै पार्टीको पनि बहुमत आउने अवस्था नभएकोले गठबन्धन अपरिहार्य भएको स्पष्ट पारेका हुन् ।

    उनले सोही कार्यक्रममा देउवा बोल्नुअघि काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र गठबन्धन गरिएको होइन भनेर भनेपछि पौडेलको उक्त भनाईलाई टक्कर दिंदै देउवाले सत्ता गठबन्धनका अन्य दलका पार्टीका शीर्ष नेताहरुले काँग्रेस नै ठुलो पार्टी होस् हामी सानो नै हुन्छौ भन्ने स्वीकार गरेको समेत सुनाए ।

    उनले आफू प्रधानमन्त्री भएर मैले के गल्ती गरेँ ? भनेर पौडेलप्रति इंगित गर्दै आफूले धेरै राम्रो काम गरिरहेको जिकिर गरे । उनले आफू प्रधानमन्त्री र पार्टी सभापति भइसकेकाले पार्टीको बिधानअनुसार अव सभापति हुन नपाउने भएकोले अब हुने नयाँ पुस्ताको पालो भएको पनि बताए ।

    देउवाले गठबन्धन गरेकोमा आफूलाई ताली आउनुपर्नेमा गाली आएको भन्दै आक्रोश प्रकट गरेका छन् । देउवाले चुनावी गठबन्धन गरेर आफूले ठिक गरेपनि कांग्रेसभित्रैबाट त्यसलाई बेठिक देखाउने प्रयास भएको आरोप लगाए ।

    उनले चुनावी तालमेलले अझ बलियो बनाउने भन्दै यसका विरुद्धमा नबोल्न आग्रह गरे । उनले राजधानी र सदमुकाममा मात्र नखुम्चिएर स्कुल-स्कुलमा नेविसंघ गठन गर्न र युनियन चुनाव जित्न निर्देशन पनि दिए । उनले विद्यार्थी पढाई र राजनीति दुवैमा अब्बल हुनुपर्नेमा समेत जोड दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.