सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी कामिरहेका छन् : वरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/६ बैशाख २०७९, मंगलवार १६:४६ 
  • काठमाडौँ,६ बैशाख। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान पाँच दलीय सत्ता गठबन्धनको शक्ति देखेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थरथरी कामिरहेका बताएका छन् ।

    नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ५३ औं स्थापना दिवस अवसरमा आयोजना गरेको ‘निर्वाचनमा नेविसंघको भूमिका विषयक विचार गोष्टी कार्यक्रम’ लाई संबिधान गर्दै नेता पौडेलले सत्ता गठबन्धनलाई तोड्न षड्यन्त्र समेत भई रहेको आरोप लगाए ।

    उनले लोकतन्त्रलाई बचाउन अहिले गठबन्धनको आवश्यकता समेत रहेको बताए । नेता पौडेलले चुनावी गठबन्धन बनेको देखेर ओली आत्तिएको बताएका हुन् । गठबन्धनको शक्ति देखेर ओली आत्तिएर सन्तुलित अभिव्यक्ति दिन समेत छोडेको उनले बताए ।

    अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा भएको उनले स्पष्ट पारेका छन् । उनले यो खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र बनेको गठबन्धन नभएको स्पष्ट पारे ।

    उनले विद्यार्थी भनेको लोकतन्त्रको पहरेदार समेत भएको बताएका छन् । लोकतन्त्रलाई जोगाउन विद्यार्थीलाई समेत आग्रह समेत गरेका छन् । उनले विद्यालय तहमा ८ कक्षामा भन्दा माथिका सवै विद्यार्थीलाई नेविसंघको सदस्यता प्रदान गर्नुपर्ने समेत बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.