सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनावी भागबण्डा मिलाउन सत्ता गठबन्धन बैठक जारी


  •    न्युजभित्तो/५ बैशाख २०७९, सोमबार १६:३६ 
  • काठमाडौं,५ बैशाख। आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी भागबण्डा मिलाउन पाँच दलीय सत्ता गठबन्धन बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । आज बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा कुनै सहमति जुट्न नसकी निष्कर्षविहीन भएपछि सहमतिको बिन्दुमा पुग्न पुन: बैठक बसेको हो ।

    आज गठबन्धनका शीर्ष नेताहरुसहित बसेको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भन्ने विषय तय गरिएको थियो । बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका दलबीच भागबण्डाका विषयमा छलफल भएको थियो ।

    यसरी गठबन्धनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डाका विषयमा तीब्र मतभेद सिर्जना भएको थियो । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी समेत दिएका छन् ।

    आज बिहान बसेको बैठकमा महानगर र उपमहानगरमा आ-आफ्नो दाबी कायमै राखेपछि कुनै पनि सहमति जुट्न सकेको थिएन । बैठक आजै फेरि बस्ने गरी स्थगित गरिएको थियो । सो बैठकपछि पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाको भागबण्डामा सहमति भएको खुलासा गरेका थिए ।

    अध्यक्ष प्रचण्डका अनुसार सत्ता गठबन्धनमा देशभर रहेका ६ वटा महानगरपालिकाको भागबण्डा मिलेको उनले बताएका हुन् । उनका अनुसार देशभरका ६ महानगरमा कांग्रेसलाई ३ वटा, माओवादी, एकीकृत समाजवादी र जसपालाई १-१ सिट दिने लगभग सहमति पुगेको बताएका हुन् ।

    उनले आजै बेलुकी गठबन्धनको बैठक बसेर महानगर र उपमहागर गरी १७ पालिकाको टुंगो लगाउँने समेत बताए । प्रचण्ड निकट स्रोतका अनुसार काठमाडौं, ललितपुर र विराटनगरमा कांग्रेस, भरतपुरमा माओवादी, पोखरामा एकीकृत समाजवादी र वीरगञ्जमा जनता समाजवादीले लिने कलगभग सहमति भएको छ ।

    आज बिहान बालुवाटारमा बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकले मोटामोटी सहमति गरेको स्रोतको दाबी रहेको छ । गठबन्धनले आज साँझसम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार समेत टुङ्गो लगाउने भएका हुन् । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले ६ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.