राजनीति
काठमाडौँ, ३ चैत्र। नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो । सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा...
काठमाडौँ,३ चैत्र। उपराष्ट्रपति पदको निर्वाचनबारे निर्णय गर्न आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक एकाएक स्थगित गरिएको छ । आज शुक्रबार बिहान साढे ११ बजे बस्ने भनिएको रास्वपाको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरिएको...
काठमाडौं,२ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन् । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या भोग्नुपरेको...
चितवन,२ चैत्र । नेकपा एमाले चितवनले सरकारले गरेको किसानले प्रयोग गर्ने रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग गरेको छ । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आज एक विज्ञप्ति प्रेषित गर्दै सरकारले गरेको निर्णय फिर्ता लिएर किसानलाई थप...
काठमाडौँ,२ चैत्र। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । रास्वपाले भोलि शुक्रबार बिहान साढे ११ बजेका लागि पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको हो । बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट दिने...
काठमाडौँ,१ चैत्र। सरकारले मन्त्री र उच्च तहका कमर्चारीलाई अत्यावश्यक काम बाहेक विदेश भ्रमण गर्न रोक लगाएको छ । सरकारले अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको हो । हिजो मंगलबार साँझ बसेको...
काठमाडौँ,१ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चैत ८ गतेभित्रै विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ८ गतेभित्रै विश्वासको मत लिने कांग्रेसले जानकारी दिएको हो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले चैत...
काठमाडौं,१ चैत्र। नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । काँग्रेसले यादवको पक्षमा मतदान...
काठमाडौँ, १ चैत्र। उपराष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आगामी चैत ३ गते तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि हिजो राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेकोले मौन अवधि सुरु भएको हो । मतदान हुने दिनभन्दा...
काठमाडौं,३० फाल्गुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही सरकारले निरन्तरता पाउने बताएका छन्। उनले सरकारको नेतृत्व तलमाथि नहुने बताए। ‘यसबीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज भएको दोस्रो चौमासिक समीक्षामा बोल्दै...








