राजनीति
काठमाडौं,२६ फाल्गुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व।विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका हुन् । उनले...
चितवन,२६ फाल्गुन। बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने अभियान भन्दै दुर्गा प्रसाईँले सुरू गरेको कालोमोसो दस्ताका संयोजक शम्भु थापा आफूलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । चितवन प्रहरीले बैंक तथा वित्तिय संस्थाविरुद्ध अफवाह फैलाएको भन्दै यसै साता...
काठमाडौँ,२६ फाल्गुन। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् । आफनो पार्टी एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग प्रतिस्पर्धा गरेर हिजो बिहीबार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले आज शुक्रबार बिहान मात्र...
चितवन,२६ फाल्गुन। चितवनका अधिकांश स्थानीय तहले कार्यपालिका निर्णय नियमित सार्वजनिक गरेका छैनन् । जिल्लाका सात स्थानीय तहमध्ये छ स्थानीय तहले निर्णय सार्वजनिक नगरेका हुन् । नागरिकप्रतिको जवाफदेहिता र पारदर्शीताको लागि स्थानीय तहले गरेका कामकारबाही सार्वजनिक गर्न सरकारले सबै स्थानीय तहको...
काठमाडौं । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए...
काठमाडौँ,२५ फाल्गुन। मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि आज भएको मतदानको मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा राष्ट्रपतिको निर्वाचनका मतगणना सुरु भएको हो । आज भएको राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान...
कामठाडौं,२५ फाल्गुन। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन सम्भव रहेको बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव...
काठमाडौं,२५ फाल्गुन। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री हुँदा असम्भव भनेको काम गरेर देखाएको दाबी गरेका छन्। राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको बताएका हुन्। ‘मैले आफ्नो...
काठमाडौं,२५ फाल्गुन। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनः एमालेतिरै फर्किने बताएका छन् । राष्ट्रपति निर्वाचनमा भाग लिन संसद भवन पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले...
काठमाडौँ,२५ फाल्गुन। नयाँ राष्ट्रपतिको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो । सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा...











