सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन


  •    न्युजभित्तो/२९ आश्विन २०८३, बिहीबार ०७:५८ 
  • चितवन, २९ असोज । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि  जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ ।  विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि अनुगमन गरिएको हो ।

    चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई सर्वसाधारणले सो गुनासो गरेका थिए । उहाँले सो विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँका अनुसार मन्त्री र अन्यबाट गुनासो आएपछि मन्त्री गौतमसहित आफूहरुले विमानस्थल परिसरको अनुगमन गरेको उहाँले बताउनुभयो ।

    गुनासोअनुसार सरसफाइ र व्यवस्थापनमा कमजोरी देखिएपछि कार्यालय प्रमुख दीपक विकलाई तत्काल सुधार गर्न भनिएको प्रजिअ अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थल परिसरको सुधार गर्नुपर्ने छ । मन्त्रीसँगै हामीले अनुगमन ग¥यौँ । सुधार्ने प्रतिबद्धता गराइएको छ ।” समग्र पूर्वाधार, सरसफाइ र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरुले पाएको उहाँले बताउनुभयो ।

    यसअघि पनि विमानस्थल परिसरमा पार्किङलगायतमा पटकपटक समस्या आउने गरेको थियो । प्रजिअ अर्यालका अनुसार उहाँ चितवन आएर १५ महिना यता गरिएका कार्यालय प्रमुखको बैठकमा विक उपस्थित नभएकाले यस अघि त्यहाँको समस्या र समाधानका बारेमा बुझ्ने र सुधार गर्न नसकिएको हो । निकै गुनासो आएपछि मन्त्रीसहित आफूहरु गएर सुधार गर्न निर्देशन दिइएको जानकारी दिनुभयो । बुद्ध एयरले यहाँबाट काठमाडौँ दैनिक सात वटा जहाज उडान भर्दै आएको छ । झण्डै ८०० यात्रु आवतजावत गर्दछन् । विमानस्थलको बोडिङ पछि प्रतीक्षा कक्षको शौचालयको गन्ध बाहिर आएको भन्दै यसअघि पनि पटकपटक गुनासो आउने गरेको थियो ।

    कार्यालय प्रमुख विकले कतिपय कमीकमजोरी भएको जनाउँदै यसलाई सुधार गर्ने प्रतिबद्धता आफूले जनाएको बताउनुभयो । अनुगमनपछि काम भइरहेको उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यात्रुका चाप बढेका कारण नजर पु¥याउन नसकिएको उहाँको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.