सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसको निर्णय : उपराष्ट्रपतिका उम्मेदवार रामसहायलाई मत दिने


  •    न्युजभित्तो/१ चैत्र २०७९, बुधबार १४:०५ 
  • काठमाडौं,१ चैत्र। नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितको बैठकले जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

    काँग्रेसले यादवको पक्षमा मतदान गर्न पार्टीका संघीय र प्रादेशिक संसदहरुलाई मत दिन पनि निर्देशन दिएको पनि उनले जानकारी दिए । सतारुढ गठबन्धनमै रहेका जनमत पार्टीले समेत उपराष्ट्रपति पदमा ममता झाको उम्मेदवारी दिएकी छन् ।

    पर्सी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार रहेका छन् ।

    कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ । बैठकले चितवन २ मा पार्टीका तर्फबाट सम्भावित उम्मेदवारहरु सफारिस गर्न गर्न क्षेत्रीय समितिलाई निर्देशन दिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.