सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमाले चितवन: रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग


  •    न्युजभित्तो/२ चैत्र २०७९, बिहीबार १६:५२ 
  • चितवन,२ चैत्र । नेकपा एमाले चितवनले सरकारले गरेको किसानले प्रयोग गर्ने रासायनिक मलको अनुदान कटौतीको निर्णय तुरुन्त फिर्ता गर्न माग गरेको छ ।
    एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले आज एक विज्ञप्ति प्रेषित गर्दै सरकारले गरेको निर्णय फिर्ता लिएर किसानलाई थप अनुदान दिन माग गरेको हो ।

    विज्ञप्तिमा गत फागुन २४ गते मन्त्रिपरिषद्को निर्णयले किसानलाई दिँदै आएको ७०.८२ प्रतिशत अनुदान ५९.४ प्रतिशतमा झारेर ११.८ प्रतिशतले कटौती हुदा सर्वसाधारण किसान मारमा परेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ यो मुलुकमा ९० प्रतिशत भन्दा बढी जनता कृषिमा आधारित छन् । कृषि प्रधान मुलुकको सरकारले किसानको ढाँड भाँचिने गरी गरेको निर्णय बिडम्बनापूर्ण छ । यो जनविरोधी सरकार जनताका कुनै पनि समस्यामा संवेदनशिल छैन । यो त जनतालाई लुटेर देशलाई नै कमजोर बनाउने, आफ्ना मालिकको सेवामा तल्लिन हुने र जनताको जीवनलाई अस्तव्यस्त बनाउने अभियानमा क्रियाशिल रहेको छ ।’ विज्ञप्तिमा एमाले सर्वहारा किसान वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएकोले किसान मजदूर वर्गको समस्या पार्टीले आफ्नो समस्याको रुपमा लिँदै आएको उल्लेख गरिएको छ ।

    एमालेले अनुदान कटौतीको निर्णय तत्काल फिर्ता लिएर थप अनुदान दिन माग गरेको छ । अनुदान घटाउँदा बढ्ने रासयनिक मलको मूल्यले उत्पादन घटन् गई खाद्य सुरक्षामा गम्भिर असर पर्ने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.