सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री प्रचण्डले चैत ८ गतेभित्रै विश्वासको मत लिने


  •    न्युजभित्तो/१ चैत्र २०७९, बुधबार १५:२४ 
  • काठमाडौँ,१ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चैत ८ गतेभित्रै विश्वासको मत लिने भएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले चैत ८ गतेभित्रै विश्वासको मत लिने कांग्रेसले जानकारी दिएको हो ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री प्रचण्डले चैत ८ गतेभित्रै विश्वासको मत लिने जानकारी दिए । उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि मात्रै आफूहरू सरकारमा जानेबारे छलफल हुने बताए ।

    प्रधानमन्त्री प्रचण्डले सम्भवत: चैत ६ गते सोमबार विश्वासको मत लिने बालुवाटार स्रोतले बताएको हो । प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते सकिएपछि विश्वासको मत लिने भएका हुन् ।

    गत पुस १० गते प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएको एमालेले फागुन १५ गते समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । नेकपा एमालेका साथै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डलाई अब नेपाली कांग्रेसले समर्थन दिने भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.