सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ


  •    न्युजभित्तो/२९ आश्विन २०८३, बिहीबार १८:५५ 
  • चितवन, असोज २९ । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) ले जनताको वास्तविक समस्या पहिचान गरी तिनको समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका–२०, चनौलीमा थारु महिला अगुवा समाजले बडादसैँ २०८३ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले सरकार जनताका समस्या समाधान गर्ने दिशामा लागिरहेको बताउनु भएको हो ।

    कार्यक्रममा बोल्दै मन्त्री तामाङले जनताको आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी विकास निर्माण तथा सामाजिक सुधारका काम अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले प्रदेश सरकार जनताको हितमा काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

    मन्त्री तामाङले नेपाली समाजका मौलिक चाडपर्वले आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई बलियो बनाउने उल्लेख गर्दै बडादसैँजस्ता पर्व परिवार तथा आफन्तसँग मिलेर हर्षोल्लासपूर्वक मनाउन आग्रह गर्नुभयो। चाडपर्वले परिवार, समुदाय र समाजका सदस्यबीच आत्मीयता बढाउनुका साथै एकअर्काप्रति सम्मान र सहयोगको भावना विकास गर्ने उहाँको भनाइ थियो ।

    नेपाली समाजको मौलिक सभ्यता, संस्कृति र परम्परामाथि विभिन्न कोणबाट चुनौती थपिँदै गएको उल्लेख गर्दै मन्त्री तामाङले मौलिक पहिचानको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभया। उहाँले भन्नुभयो “समाजमा विद्यमान असल संस्कार, परम्परा र मानवीय मूल्यलाई जोगाउँदै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व हो ।”

    संस्कारयुक्त समाज निर्माणका लागि परिवारदेखि समुदायसम्म सकारात्मक सोच र व्यवहारको विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । मन्त्री तामाङले भन्नुभयो “सभ्य, अनुशासित र एकताबद्ध समाज निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्छ । सामाजिक सद्भाव कायम राख्न र मौलिक संस्कृति संरक्षण गर्न म सबैलाई आह्वान गर्दछु ।”

    कार्यक्रममा थारु महिला अगुवा समाजले बडादसैँको अवसर पारेर शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागीहरूले एकअर्कामा दसैँको शुभकामना आदानप्रदान गर्दै चाडपर्वलाई आपसी सद्भाव, सहकार्य र भाइचाराको माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.