सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न बस्ने भनिएको रास्वपाको बैठक स्थगित


  •    न्युजभित्तो/३ चैत्र २०७९, शुक्रबार ११:३७ 
  • काठमाडौँ,३ चैत्र। उपराष्ट्रपति पदको निर्वाचनबारे निर्णय गर्न आज बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक एकाएक स्थगित गरिएको छ । आज शुक्रबार बिहान साढे ११ बजे बस्ने भनिएको रास्वपाको पार्टी पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरिएको हो ।

    आज बस्ने भनिएको रास्वपाको बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई भोट दिने भन्नेबारे निर्णय गर्ने भनिएको थियो । उपराष्ट्रपतिको निर्वाचन आज शुक्रबार नै हुँदैछ भने हालसम्म रास्वपाले कसलाई मतदान गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

    उपराष्ट्रपति निर्वाचनमा आचारसंहिता लागू भइसकेको कुनै पाटीले बैठक बस्न नमिल्ने भएकोले आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

    निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मौन अवधि मंगलबार रातिदेखि नै सुरु भएको जानकारी गराउँदै राजनीतिक दलहरूलाई बैठकमार्फत उम्मेदवारलाई मत दिने वा नदिने निर्णय नगर्न/नगराउन ध्यानाकर्षण गराएको थियो ।

    उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य, ममता झा र प्रमिला कुमारी यादव उम्मेदवार रहेका छन् । यसअघि राष्ट्रपति निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएकोले उपराष्ट्रपतिमा पनि गठबन्धनकै उम्मेदवारलाई दिने प्रवल सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.