भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
न्युजभित्तो/३० आश्विन २०८३, शुक्रबार १६:१५
भरतपुर, ३० असोज । बागमती प्रदेश सरकारले भोटेकोसी–बुढीगण्डकीलगायतका बाढी प्रभावित क्षेत्रका नागरिकको आवागमन तथा कनेक्टिभिटी सहज बनाउन जोडतोडका साथ काम गरिरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बताउनु भएको छ ।
भरतपुर महानगरपालिका–२०, भीमनगरस्थित जाम्बोलिङ गुम्बा परिसरमा आयोजित बधाई तथा बडादसैँ २०८३ को शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री तामाङले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सहज आवागमनको व्यवस्था मिलाउनु प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको हो ।
भरतपुर महानगरपालिकाका वडा नम्बर १५, २० र २१ भित्रका टोल विकास संस्था, मठमन्दिर, गुम्बा तथा अन्य सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा करिब १३ वटा सामाजिक संस्थाको सहभागिता रहेको थियो ।
सम्बोधनका क्रममा मन्त्री तामाङले बाढीपहिरोका कारण प्रभावित नागरिकको जनजीवन सहज बनाउन प्रदेश सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्निर्माण र विकासका कामलाई समेत प्राथमिकता दिएको बताउनुभयो। विपद्पछि आफू तत्कालै प्रभावित क्षेत्रमा पुगेर अवस्थाबारे जानकारी लिएको उल्लेख गर्दै उहाँले त्रिशूली नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश सरकारले तुइनको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
बाढीका कारण सडक, पुल तथा आवागमनका अन्य माध्यम प्रभावित हुँदा स्थानीय नागरिकले भोग्नुपरेको समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताउँदै उहाँले प्रभावित क्षेत्रलाई पुनः सहज रूपमा जोड्न आवश्यक पहल भइरहेको उल्लेख गर्नुभयो । नागरिकको दैनिक जीवन, शिक्षा, स्वास्थ्य सेवा तथा अन्य आधारभूत आवश्यकतामा विपद्का कारण अवरोध आउन नदिन प्रदेश सरकारले आवश्यकताअनुसार काम अघि बढाइरहेको उहाँको भनाइ थियो ।
मन्त्री तामाङले स्वास्थ्य र शिक्षा क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै बाढी प्रभावित क्षेत्रका विद्यालय तथा स्वास्थ्य संस्थाको निर्माण र पुनःस्थापनामा विशेष ध्यान दिइने बताउनुभयो । विद्यालय र स्वास्थ्य संस्थाजस्ता आधारभूत संरचना सुरक्षित तथा व्यवस्थित भएमा मात्रै नागरिकले सहज रूपमा शिक्षा र स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएकाले सरकारले यसलाई महत्त्वका साथ अघि बढाएको उहाँले बताउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रका नागरिकका सुखदुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनताको समस्या समाधानका लागि आफू दिनरात नभनी लागिपर्ने बताउनुभयो । जनताको अपेक्षा पूरा गर्न विकास निर्माणका कामलाई प्रभावकारी बनाउने र नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहमा जोड दिने उहाँको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपककुमार लामा, भरतपुर महानगरपालिका–१५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटा, वडा नम्बर २१ की वडा सदस्य सुविता तामाङ तथा आधारभूत विद्यालय सूर्यनगरका प्रधानाध्यापक ईश्वरी बास्तोलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले बडादसैँ २०८३ को शुभकामना व्यक्त गर्दै सामाजिक सद्भाव, आपसी एकता र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । स्थानीयस्तरमा विकास निर्माणका कामलाई अघि बढाउन सामाजिक संस्था, स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका अध्यक्ष, सामाजिक अगुवा तथा स्थानीयवासीको सहभागिता रहेको थियो । कार्यक्रम जाम्बोलिङ गुम्बाका सचिव खेम गुरुङले सञ्चालन गर्नुभएको थियो ।