सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति


  •    न्युजभित्तो/३० आश्विन २०८३, शुक्रबार ०७:४१ 
  • चितवन, ३० चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो ।

    अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति भुर्तेल र इशा प्रधान सदस्य रहेको समिति बनाइएको अस्पतालले जनाएको छ ।

    अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गएको वैशाख ६ गतेदेखि असोज २३ गतेसम्म कार्यकारी निर्देशक निमित्तको भरमा रहेको थियो । सो अवधिमा सञ्चालक समितिसमेतले पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा डा योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त हुनुभएको थियो । सञ्चालक समितिका सदस्यहरू असोज ६ गतेमात्रै चयन हुनुभएको थियो ।

    नवनियुक्त कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित नहुँदा अस्पतालका नयाँ खरिद प्रक्रिया, चिकित्सक कर्मचारीको वृत्तिविकास र बढेको तलब खुवाउन नसकिएको बताउनुभयो । जसका कारण प्रत्यक्ष रूपमा सेवाग्राही र चिकित्सक कर्मचारी प्रभावित भएका छन् । उहाँले भन्नुभयो, “बिरामीले निःशुल्क पाउने कतिपय सामग्री उपलब्ध गराउन सकिएको छैन, बिरामी आफैँले किन्नुपर्ने अवस्था छ ।” नीति तथा कार्यक्रम र बजेट पास गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

    आचार्यले अस्पताल सुधारका लागि बनेको समितिले अध्ययन गरिरहेको बताउँदै सो अध्ययन आएसँगै सुधारका थप काम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हामी बिहानदेखि राति अबेरसम्म खटिएर काम गरिरहेका छौँ । केही दिनमै अनुभूति हुनेगरी काम देखिन्छ ।”

    विसं २०७४ वैशाखमा आचार्य पहिलोपटक कार्यकारी निर्देशक हुँदा अस्पताल समस्यामा थियो । आचार्य निर्देशक हुनुअघि तत्कालीन समयमा स्थानीय प्रशासनले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको थियो । हाल देखिएका समस्या समाधान गर्न आफू लागिपरेको उहाँले बताउनुभयो ।

    यहाँ भारतदेखि बिरामी आउने गर्दछन् । नेपालका सबै जिल्लाबाट यहाँ बिरामी आउने गर्दछन् । अस्पतालमा समस्या देखिएसँगै प्रत्यक्ष रूपमा बिरामी प्रभावित हुने हुँदा सरोकारवालाहरूको ध्यान यहाँ बढी जाने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.