समाज
चितवन,२८ फागुन । चितवनमा भोलि (शनिवार) दिउसो विद्युत आपूर्ति बन्द हुने भएको छ । मर्मतका लागि भोलि विहान ९ बजेदेखि दिउसो २ बजेसम्मका लागि विद्युत आपूर्ति बन्द गर्न लागिएको हो । हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको १३२/३३/११ केभि भरतपुर सबस्टेशनमा १३२...
वाग्मती, २८ फागुन । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको छ । नेपालमा भूकम्प गएको पाँच वर्षपछि थाहा नगरपालिकामा निजी आवास पुनःनिर्माणको काम ८० प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको हो । नगरपालिकामा...
भरतपुर, २८ फागुन । किसानलाई वर्णशङ्कर हाइब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी...
चितवन, २८ फागुन । जिल्लाको समथर भूभाग छाडेर उत्तरपट्टि कविलासडाँडाको पाखामा रहेको ‘कविलास रिसोर्ट एण्ड फन पार्क’ मा यतिबेला स्वदेशी तथा विदेशी पर्यटक त्यहीँको उत्पादनको स्वाद लिएर रमाइरहेका छन् । तराईको गर्मी छल्दै नारायणगढबाट ४६० मिटर उक्लेपछि पुगिने रिसोर्ट...
सउल, २८ फागुन । दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार...
दुल्लु, २७ फागुन । कर्णाली राजमार्ग अन्तर्गत टुइकुनामा आजबिहान माइक्रोबस दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालिकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेका प्रहरी चौकी पाल्तडाले जनाएको...
काठमाडौं, २७ फागुन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषास्थित आन्तरिक राजश्व कार्यालय जनकपुरधामका कर अधिकृतसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ। कार्यालयका कर अधिकृत रमेश ढकाल र आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविनकुमार कर्णलाई बुधबार एक लाख ५० हजार घुससहित...
काठमाडौं, २७ फागुन । पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। हाल देशका पहाडी भूभागका केही...
काठमाडौं,२७ फागुन । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को अध्यक्षमा दाङका अर्जुन गिरी बिजयी भएका छन्। आज बिहान काठमाडौंमा भएको सातौं अधिबेशनबाट कूल खसेको १७८ मतमध्ये गिरीले १६१ मत ल्याएर अध्यक्षमा बिजयी भएका हुन्। अध्यक्षका अर्का उम्मेदवार कपिलदेव खनालले १४ मत ल्याएका थिए...
काठमाडौं,२७ फागुन । विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा आज चेतनामुलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभावफेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थियो । कार्यक्रममा बोल्दै ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मृगौलाविद् एवं...












