सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका


  •    न्युजभित्तो/२२ आश्विन २०८३, बिहीबार ११:०१ 
  • चितवन, २२ असोज । माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो ।

    नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन गर्ने र तोकिएको मापदण्ड पुगेका बधस्थललाई अनिवार्य दर्ता भई व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ ।  स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु बिक्रीवितरणको सूनिश्चितता गर्नु पर्ने नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । उहाँले बजारमा मासुको गुणस्तर र सरसफाइ कायम राख्न संयुक्त अनुगमन टोली गठनगरी काम गर्ने बताउनुभयो ।

    पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेले मासु जाँच ऐन कार्यान्वयनमा ल्याएसँगै स्वच्छ र स्वस्थ मासु मात्रै बिक्री गर्न पाइने बताउनुभयो । छालाविहीन मासु बिक्री गर्नुपर्ने र बिरामी मरेका पशुको बध गरेर बिक्री गर्न नपाइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यसका लागि पशु बधस्थल र मासु बिक्री कक्ष फरक हुनुपर्ने र कोलचेन ९मासु राखिएको ठाउँको तापक्रम०मा ध्यान दिनुपर्छ ।”

    जिल्लाका अन्य पालिकामा पनि मासु जाँच ऐन २०५५ कार्यान्वयनमा ल्याउने गरी काम अघि बढाउन दबाब परेको छ । अहिले जिल्लामा बधस्थल अस्तव्यस्त रुपमा छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.