सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित


  •    न्युजभित्तो/२१ आश्विन २०८३, बुधबार १३:३१ 
  • काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ ।

    आजको बन्दसत्रमा विभिन्न चार प्रस्ताव तथा प्रतिवेदनमाथि भई पारित गर्ने कार्यक्रम भएकामा अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनुभयो ।

    सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।

    बिहान १०ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्रलाई खाजा समयपछि गर्ने भनी ११ः३० बजेदेखि सुरु गर्ने तयारी भएको थियो । तर, यसबीच अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै बन्दसत्र प्रभावित भएको हो ।

    कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत यही असोज १८ गते खुलामञ्चमा विशेष कार्यक्रमसहित उद्घाटन भई अहिले सोही स्थानमा बन्दसत्र जारी छ ।

    आमसञ्चारकर्मीलाई समेत प्रवेश दिइने आजको बन्दसत्रमा उल्लिखित चार प्रस्ताव तथा प्रतिवेदनमाथि छलफल भई पारित गर्ने गर्ने तयारी रहेको छ । खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्दसत्रमा प्रवेश खुला गरिएको प्रवक्ता चालिसेले बताउनुभयो । उहाँका अनुसार यसअघि सम्पन्न विशेष महाधिवेशनमा पनि बन्दसत्र सबैका लागि खुला गरिएको थियो ।

    प्रवक्ता चालिसेले बन्द सत्रको ‘लाइभ’ कांग्रेसको फेसबुक पेजबाट पनि प्रसारण गरिने भएको जानकारी दिनुभयो । साथै अन्य मिडियाहरूले समेत बन्दसत्रलाई प्रत्यक्ष प्रसारण गर्न पााउनेछन् ।

    सभापति थापाले सम्बोधन गर्नुहने

    बन्दसत्रको आजको कार्यक्रमपछि पार्टी सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापतिको सम्बोधनसँगै बन्दसत्रको छलफल औपचारिक रूपमा टुङ्ग्याउने तयारी कांग्रेसले गरेको छ ।

    महाधिवेशनअन्तर्गतका विभिन्न सत्रमा पार्टीको आगामी कार्यदिशा र सङ्गठनात्मक संरचनाका विषयमा छलफल भइरहेको छ । बन्दसत्रबाट राजनीतिक, सङ्गठनात्मक र आर्थिक प्रतिवेदन पारित भएपछि कांग्रेस महाधिवेशन नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्ने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.