भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
न्युजभित्तो/२१ आश्विन २०८३, बुधबार २१:०४
चितवन, २१ असोज । नेपाल ह्याचरी उद्योग संघले भारतीय सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्रिने चल्ला, कुखुरा, मासु तथा अण्डाको आयात नियन्त्रणका लागि सीमा क्षेत्रका जिल्लामा अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाटलाई तीव्रता दिएको छ। नेपालको पोल्ट्री व्यवसायमा अवैध रूपमा आयात हुने पोल्ट्रीजन्य वस्तु प्रमुख चुनौतीका रूपमा रहेको भन्दै संघले सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आएको हो।
यसै क्रममा संघको टोलीले नवलपरासी र रुपन्देहीका सुरक्षा निकायसँग भेटघाट गरेपछि अभियानलाई बाँकेसम्म विस्तार गरेको छ। २०८३ असोज २१ गते संघको प्रतिनिधिमण्डलले सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी, बाँके नेपालगञ्जका प्रमुख तथा सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोस्ट (बीओपी) खडैचाका प्रमुखसँग भेटघाट गरेको छ।
संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेको नेतृत्वमा उपाध्यक्ष ज्ञानबहादुर बिसुराल, कोषाध्यक्ष परशुराम अधिकारी, सचिव विवेक भट्ट र सदस्य हरिकृष्ण खनाल सहभागी प्रतिनिधिमण्डलले सीमा नाकाबाट हुने अवैध रूपमा पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणका विषयमा सुरक्षा अधिकारीसँग छलफल गरेको हो।
भेटघाटका क्रममा सुरक्षा निकायका अधिकारीहरूले अवैध आयात नियन्त्रणका लागि आवश्यक निगरानी र कारबाहीलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायबाट कुनै कसर बाँकी नराख्ने आश्वासन प्राप्त भएको संघका अध्यक्ष लामिछानेले बताउनुभयो ।
संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार बाँकेमा भएको सुरक्षा निकायसँगको भेटघाटलाई पोल्ट्री क्षेत्रको अवैध आयात नियन्त्रणका दृष्टिले महत्वपूर्ण रूपमा लिइएको छ। सीमा क्षेत्रमा हुने अवैध आयात नियन्त्रण गर्न सुरक्षा निकाय, स्थानीय प्रशासन र पोल्ट्री व्यवसायीबीच समन्वय आवश्यक रहेकोमा पनि प्रतिनिधिमण्डलले जोड दिएको छ।
संघको टोलीले सीमा क्षेत्रमा अवैध रूपमा पोल्ट्रीजन्य वस्तु भित्रिने सम्भावित मार्ग तथा त्यसबाट व्यवसायमा पर्ने प्रभावबारे समेत जानकारी संकलन गरिरहेको जनाएको छ। सीमा क्षेत्रमा रहेका व्यवसायी तथा सम्बन्धित सरोकारवालासँग प्रत्यक्ष छलफल गरी अवैध आयात नियन्त्रणका लागि आवश्यक पहल अघि बढाउने संघको तयारी छ।
त्यसैगरी कपिलवस्तुमा प्रहरी नायव उपरीक्षकसँग भेटघाट गरी सीमा क्षेत्रबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयात नियन्त्रणका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो।
संघले पछिल्लो समय भारतीय सीमा नाकासँग जोडिएका जिल्लाहरूमा सुरक्षा निकायसँग भेटघाट र अनुगमनलाई प्राथमिकतामा राखेको छ। नवलपरासी र रुपन्देहीबाट सुरु गरिएको अभियानलाई कपिलवस्तु, बाँके, दाङसम्म विस्तार गरिएको हो।
नेपाल ह्याचरी उद्योग संघका अनुसार भारतबाट अवैध रूपमा चल्ला, जिउँदा कुखुरा, कुखुराको मासु तथा अण्डा नेपाल भित्रिँदा देशको पोल्ट्री व्यवसायमा प्रत्यक्ष असर पर्ने गरेको छ। विशेषगरी अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य वस्तुको स्रोत, स्वास्थ्य परीक्षण तथा क्वारेन्टाइनको अवस्था यकिन नहुने भएकाले रोग फैलिने जोखिमसमेत रहने संघको भनाइ छ। यस्ता वस्तुबाट पोल्ट्री क्षेत्रमा संक्रामक रोग भित्रिएमा किसान, व्यवसायी तथा समग्र पोल्ट्री उद्योगले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने संघले जनाएको छ।
त्यस्तै, कानुनी प्रक्रियाबाट आयात हुने वस्तुले तिर्नुपर्ने कर तथा राजस्व अवैध कारोबारबाट प्रभावित हुने भएकाले यसले राज्यको राजस्वमा समेत असर पार्ने संघको दाबी छ। नेपालमा व्यावसायिक रूपमा ठूलो लगानीमा सञ्चालन भइरहेका ह्याचरी, कुखुरा फार्म, दाना उद्योग, मासु तथा अण्डा व्यवसायलाई अवैध आयातले असमान प्रतिस्पर्धाको अवस्थामा पुर्याउने संघका अध्यक्ष लामिछानेको भनाई छ ।
उहाँले सीमा नाकामा कडाइसँगै नियमित अनुगमन, सुरक्षा निकायबीच सूचना आदानप्रदान र अवैध रूपमा पोल्ट्रीजन्य वस्तु ओसारपसार गर्नेहरूमाथि प्रभावकारी कारबाही आवश्यक रहेको बताउनुभयो ।
नेपाल ह्याचरी उद्योग संघले सीमा क्षेत्रका सुरक्षा निकाय तथा स्थानीय पोल्ट्री व्यवसायीसँगको समन्वयलाई आगामी दिनमा पनि निरन्तरता दिने उहाँको भनाई छ । अवैध आयात नियन्त्रण गर्न सरकारी निकाय, सुरक्षा निकाय, व्यवसायी र किसानबीच प्रभावकारी समन्वय कायम भएमा नेपालको पोल्ट्री उद्योगलाई थप व्यवस्थित र सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास अध्यक्ष लामिछानेले व्यक्त गर्नुभयो ।