सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्णशङ्कर मकैको बीउ उत्पादनसम्बन्धी तालीम


  •    न्युजभित्तो/२८ फाल्गुन २०७७, शुक्रबार ११:०४ 
  • भरतपुर, २८ फागुन । किसानलाई वर्णशङ्कर हाइब्रिड मकैको बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी तालीम दिइएको छ । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले किसानका लागि तालीमको व्यवस्था गरेको हो । सात दिनसम्म सञ्चालित सो तालीममा देशभरका ३० कृषक सहभागी भएका थिए ।

    वर्णशङ्कर मकैको बीउ उत्पादन विधि, त्यसका प्रकार, बहुराष्ट्रिय कम्पनीका वर्णशङ्कर परीक्षण तथा सिफारिस गर्ने व्यवस्था, वर्णशङ्कर मकैमा मलखाद व्यवस्थापन, मकैमा लाग्ने प्रमुख रोगलगायत विषयमा विज्ञले तालीम दिएका थिए । मकै उत्पादनमा आत्मनिर्भर बन्न नसकेको वर्तमान अवस्थामा तालीमपछि कृषक वर्णशङ्कर मकै उत्पादनमा अग्रसर हुने अपेक्षा राखिएको तालीम संयोजक वरिष्ठ वैज्ञानिक भीमनाथ अधिकारीले बताउनुभयो ।

    व्यावसायिक फड्को मार्न वर्णशङ्कर उत्पादनमा जानु पर्नेमा उहाँको जोड छ । “हामी अझै पनि स्थानीय जातका मकै उत्पादन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जुन व्यावसायिक कृषिका लागि लाभदायक छैन ।” मकै उत्पादन बढाउनका लागि वर्णशङ्कर मकैको बीउ उत्पादन आफैँले गर्न सक्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले स्वदेशमा नै वर्णशङ्कर मकै उत्पादन गर्न सके बर्सेनि विदेशिने ठूलो रकम रोक्न सकिने बताउनुभयो । हाल नेपालमा बर्सेनि दुई हजार मेट्रिक टन वर्णशङ्कर मकैको बिउ आयात हुन्छ ।

    नेपालमा उत्पादन भइरहेको मकैले कूल खपतको २५ देखि ३० प्रतिशत मात्र धान्ने गरेको छ । कखुरापालक कृषकका लागि मात्रै वार्षिक पाँच लाख मेट्रिक टन मकै बाह्य मुलुकबाट आयात हुने गरेको तथ्याङ्कले देखाएको छ । बीउ खरीदका लागि विदेशिने रकम मात्रै रोक्न सके पनि कृषक महङ्गीको मारबाट बच्न सक्ने विज्ञहरु बताउँछन् । कार्यक्रम रामपुरका प्राविधिक दामोदर गौतमले कृषक आफैँले वर्णशङ्कर मकै उत्पादन गर्न शुरु गरे वर्णशङ्कर मकैको बीउ आयातसमेत विस्तारै कम हुने बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.