सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने:प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२७ फाल्गुन २०७७, बिहीबार ११:३० 
  • काठमाडौं,२७ फागुन । विश्व मृगौला दिवसका अवसरमा काठमाडौंमा आज चेतनामुलक प्रभातफेरी आयोजना गरिएको छ । प्रभावफेरीमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति थियो ।

    कार्यक्रममा बोल्दै ओलीले नेपालमा मृगौलासम्बन्धि विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने जानकारी दिए । यसका लागि मृगौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्रा. डा. दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशील रहेको ओलीले बताए ।

    ‘मृगौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने समेत गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्छ,’ दुईपटक मृगौला प्रत्यारोपण गराइसकेका प्रधानमन्त्रीले भने ।

    मृगौलालाई असर पार्ने खानपिन वा व्यवहार के हो ? र त्यसबाट कसरी जोगिने जस्ता कुराहरुलाई ध्यान दिन जरुरी रहेको उनले बताए ।ओलीले थपे, ‘उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने हाम्रो कुरा हो । यो रोग जसलाई पनि हुन सक्ने भएकोले सबै जना सजग हुनुपर्छ ।’

    पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गरे ।‘केही मानिसहरुले मलाई ‘बाहिर गएर उपचार गरायो’ भने, तर म रहरले वा बाहिर पैसा बुझाउनका लागि गएको थिइन, यहाँ सुविधा नहुँदा गएको थिएँ’, उनले भने ।

    ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’ को नारासहित आज नेपालसहित विश्वभर मृगौला दिवस मनाईदैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.